7 years ago
December 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल माघ पहिलो साताबाट हुने भएको छ । आयोजक ढोरपाटन क्लबले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १४औं संस्करणको ढोरपाटन भलिबल लिग माघ ५ गते देखि १९ गतेसम्म हुने जानकारी गरायो ।

प्रतियोगितामा ११ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, टप्स स्कुल पोखरा, चितवन टाइगर्स, थ्री स्टार एकेडेमी, पारामाउण्ट एकेडेमी, सेव स्कुल र थाहा नगरपालिका मकवानपुरको सहभागिता रहने आयोजक तथा ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनविर छन्त्यालले जानकारी दिए ।
सेव स्कुल, थाहा नगरपालिका मकवानपुर र चितवन टाइगर्स प्रतियोगिताको नयाँ टोली हुन् । दोस्रो चरणमा आठ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।
पोखराको ज्ञानुबाबा स्कुल र विभागीय नेपाल एपिएफ क्लब प्रतियोगिताको सर्वाधिक सफल टोली टोली यि दुई टोलीले समान ५–५ पटक उपाधि जितेका छन् । ज्ञानुबावा दोस्रो देखि छैटौ संस्करण सम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौमा पुलिस च्याम्पियन बनेको थियो ।
त्यसपछि ११औं संस्करण सम्म एपिएफ च्याम्पियन बन्दा १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । १३औंमा फेरि एपिएफ नै च्याम्पियन बनेको थियो । नेपाल पुलिस क्लब र रिड मोडल स्कुलले समान एक पटक उपाधि जितेका छन् । पहिलो संस्करणमा भने पुरुषको प्रतिस्पर्धा भएको थियो । जसमा आर्मीले बाजी मारेको थियो ।
यसपटक पुरस्कार राशिमा २५ हजारका दरले वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले यसपटक ३ लाख ५० हजार पाउनेछ । गतवर्ष ३ लाख २५ हजार पाएको थियो । दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हारजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्रप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगितामा ५० लाख लाग्ने अनुमान गरिएको छ ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले ढोरपाटन क्लब र संघ हातमा हात र साथमा साथ मिलाएर अघि बढिरहेको बताए । यस्तै संघका महासचिव जितेन्द्र बहादुर चन्दले अब धेरै प्रतियोगिता भन्दा पनि गुणस्तरीय प्रतियोगितामा जोड दिनुपर्ने बताए ।
भिजी अटोमोवाइलसँग सह–प्रायोजन सम्झौता
यसैबीच महिला भलिबल लिग आयोजक ढोरपाटन क्लबले सह–प्रायोजनको रुपमा भिजी अटोमोवाइल प्रालि अन्तरगतको सुजुकीको साथ पाएको छ । ढोरपाटनले शुक्रबार सुजुकीसँग तीन वर्षको लागि सह–प्रायोजन गरेको छ ।
प्रायोजन सम्झौतामा क्लबका अध्यक्ष मनवीर छन्त्याल र सुजुकीका मार्केटिङ म्यानेजर नवराज कोईरालाले हस्ताक्षतर गरे । सम्झौतामा प्रत्येक भिजी सुजुकीको स्कुटर खरिदमा ५० हजार छुट हुनेछ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]