7 years ago
December 17, 2018
पोखरा (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी चौथो आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ ।

पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा सोमबार भएको खेलमा पुलिसले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र नयाँ बजार क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । दिनको पहिलो खेलमा पुलिसले जावलाखेलमाथि २५–२१, २५–१४ र २५–१८ को सोझो सेटमा जित दर्ता गर्दा नयाँ बजारमाथि ३–१ को जित निकाल्यो । सुरुवाती २ सेट २५–२२ र २५–२१ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–१३ ले सहजै जित हात पार्यो ।
यस्तै विभागीय त्रिभुवन आर्मी क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा दोस्रो जित निकाल्न सफल भयो । आर्मीले ढोरपाटनमाथि २५–१९, २५–१७ र २५–१२ ले पराजित गरेको हो । एपीएफले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्यो ।
सोमबारै हेल्प नेपाल स्पोर्टस् क्लबले नयाँबजार स्पोर्टस क्लबमाथि ३–२ को कठिन जित निकाल्यो । हेल्प नेपालले पहिलो सेट २२–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२१ को जित निकालेपछि तेस्रो सेटमा २५–२० ले विजयी रहयो । तर हेल्प नेपलले चौथो सेट १६–२५ ले गुमाएपछि खेल २–२ को बराबरीमा पुगेको थियो । निर्णायक सेटमा हेल्प नेपालले १५–११ को जित निकाल्यो ।
प्रतियोगिताको दोस्रो दिनको खेल सकिदा पुलिस ३ खेलबाट ९ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । ६ अंक जोडेको आर्मी र एफिएफ दोस्रो र तेस्रो स्थानमा छ । नयाँ बजारसँग १ एक गुमाएको हेल्प नेपाल ५ अंक जोडेर चौथो स्थानमा छ । प्रतियोगिता अन्तर्गत मंगलबार चार खेल हुनेछ । दिनको पहिलो खेलमा मणिमुकुन्दले ढोरपाटन, हेल्प नेपालले नेपाल पुलिस, त्रिभुवन आर्मी क्लबले एपिएफ र मणिमुकुन्दले नयाँबजारसँग खेल्नेछ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]