7 years ago
December 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको चौथो संस्करण अन्तर्गत बुधबार साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकाल्दा अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबले हेल्प नेपालबाट वाकओभर पाएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दा पुलिसमाथि भने ३–० को सोझो सेटमा जित निकालेको थियो । पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कियो । तेस्रो सेट २४–२६ कै अवस्थामा गुमाएको आर्मी चौथो सेट २५–९ ले सहजै आफ्नो पक्षमा वार्दा निर्णायक सेट १५–२ ले जित्न सफल भयो ।
अर्काे खेलमा आर्मीले पुलिसमाथि २५–१९, २५–२१ र २५–१५ को सहज जित निकाल्यो । आर्मी ५ खेलबाट १२ अंक जोडेर दोश्रो स्थानमा छ । बुधबारै भएको खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपीएफले ढोरपाटनलाई २५–१२, २५–२१ र २५–१५ ले पराजित गरेको थियो ।
दिनको दोस्रो खेलमा एपीएफले हेल्प नेपालबाट वाकओभर पायो । हेल्प नेपालले नियम विपरित ४ जना विदेशी खेलाडी खेलाएको भन्दै एपएिफले प्रोटेस्ट हालेको थियो । अन्ततः हेल्प नेपालले बाध्य भएर वाक ओभर दिनुपरेको थियो ।
यससँगै एपिएफले ३ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लन सफल भयो । एपीएफले ५ खेलबाट १४ अंक जोड्यो । बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई २५–१९, २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गर्यो ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]