default_image

7 years ago

December 20, 2018

दोस्रो न्यु डायमन्ड कप महिला भलिबल पुस अन्तिम साता

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड कप कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही पुस अन्तिम साता हुने भएको छ ।

आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस २५ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ७ देखि ८ क्लबले सहभागिता जनाउने प्रतियोतिा संयोजक कुमार राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।

न्यु डायमन्डले नेपालको राष्ट्रिय खेल भलिबलको बिकासमा सहयोग पुर्याउने उद्देश्यले एक दशकयता निरन्तर प्रशिक्षण गराइरहेको छ । प्रशिक्षण गराईराख्नु मात्र भलिबल बिकासमा पूर्णता नदेखिएको कारण खेलाडीहरुको क्षमता मापन गर्ने उद्देश्यले तथा नयाँ प्रतिभाहरू अझै जन्माउने उद्देश्यले गतवर्ष देखि प्रतियोगिता आयोजना गरेको संयोजक राईले बताए ।

प्रतियोगितामा सहभागी हुने काठमाडौंबाहिरको टिमलाई आयोजकले खाना र बस्नको लागि प्रबन्ध मिलाउनेछ । काठमाडौंको टिमलाई यातायात खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले २ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले १ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले ५१ हजार रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १५ हजार रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल बजेट करिव २३ लाख रुपैयाँरहेको छ ।

गतवर्ष आयोजक न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ ।

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.