7 years ago
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको शीर्षस्थानमा उक्लिएको छ ।
बिहिबारका लागि तय भएको खेलबाट आर्मीले हेल्प नेपालबाट वाकओभर पाएपछि आर्मी स्वतः ३ अंक प्राप्त गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको ६ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै नेपाल एपिएफल क्लब १४ अंक जोडेर दोस्रो तथा नेपाल पुलिस क्लब १३ अंक जोडेर तेस्रो स्थानमा छ । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब ११ अंकका साथ चौथो र नयाँबजार स्पोर्टस् क्लब ९ अंकका साथ पाँचौ स्थानमा छ ।
काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबले बुधबार नै विवादका कारण एपिएफलाई वाकओभर दिएको थियो । नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले हेल्प नेपालले नियम विपरित ४ विदेशी खेलाडी खेलाउने लागेपछ एपिएफले प्रोटेस्ट हालेपछि खेल विवादित बनेको र बुधबार एपिएफ र बिहिबारको खेल नै बहिस्कार गरेको बताए । उनले पुरानै तीन विदेशी खेलाडीसहित मैदान उत्रन बारम्बार अनुरोध गर्दा पनि खेल्न नआएको जानकारी गराए ।
‘हेल्प नेपालले नेपाली भलिबलको बिकासमा काम गर्दै आइरहेको हामीलाई थाहा छ । तर, यो प्रतियोगतामा नियमविपरित बढी विदेशी खेलाउन लागेपछि नै खेलमा विवाद आएको हो,’ उपाध्यक्ष गुरुङले भने, ‘उनीहरुकै कारण पोखरामा दर्शकको सङ्ख्या बढेको थियो । तर, खेल नै बहिस्कार गरेर हिडेपछि हामीले आर्मी र जावलाखेललाई ३–३ अंक दिनुपर्यो ।’ उनले म्यानेजर्स मिटिङमा हेल्प नेपालका प्रतिनिधि नआउँदा पनि यस्तो अवस्था सिर्जना हुन पुगेको बताए ।
यता, हेल्प नेपालका महासचिव अरुणकुमार श्रेष्ठले केही गल्ती हाम्रो तर्फबाट भएपनि आयोजकले तत्कालै वाकओभर दिन लगाएपछि हामीले प्रतियोगिता नै बहिस्कार गर्नुपरेको बताए ।
पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा हेल्प नेपालले बिहिबार आर्मी र जाउलाखेलसँग खेल्ने तालिका थियो । हेल्प नेपालले खेल नै बहिस्कार गरेपछि नियमानुसार आर्मी र जावलाखेलले समान ३–३ अंक प्राप्त गरे । बिहिबार भएको खेलमा ढोरपाटनले जाउलाखेललाई ३–१ सेटमा पाखा लगायो ।
ढोरपाटनले जाउलाखेलमाथि २५–१७, १८–२५, २५–१५ र २५–१८ को सेटमा पराजित गर्यो । नयाँबजारले ढोरपाटनलाई २५–२२, २५–१८, र २५–१८ को सोझो सेटमा हरायो । दुई विभागिय डर्बी भिडन्तमा नेपाल पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा एपिएफलाई पहिलो हार चखायो । पहिलो दुई सेट २५–१७ र २५–२१ ले जितेको पुलिसलाई तेश्रो सेट २४–२६ ले गुमाएको थियो । तर, चौथो सेट पुलिसले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । यस्तै मणिमुकुन्दले जाउलाखेललाई २५–१४, २५–१२, र २५–२० को सेटमा हरायो ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]