7 years ago
December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर अन्तर्गत धरानस्थित निर्भाना कन्ट्री क्लबमा बुधबारदेखि सुर्य नेपाल इस्टर्न ओपन २०१८ सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ शिवराम श्रेष्ठ र रवी खड्का शीर्ष स्थानमा रहेका छन् ।
रवी र शिवराम दुवैले पार-७० को निर्भाना कन्ट्री क्लबमा पहिलो दिन ४ अन्डर ६६ स्कोर जोडे । उनीहरुले तेस्रो स्थानमा रहेका संजय लामा र एमेच्योर शुक्रबहादुर राईभन्दा ४ स्ट्रोकको अग्रता लिएका छन् । संजय र शुक्रले इभन पार ७० स्कोर जोडे । संयुक्त पाँचौ स्थानमा १ ओभर ७१ स्कोर लिएर ४ खेलाडी रहेका छन् । दोस्रो वरियताका भुवन नगरकोटी, विकास अधिकारी, शिवकुमार माझी र थमबहादुर राई पाँचौमा छन् ।
बलभद्र राई र एमेच्योर बबिंद्र राईले २ ओभर ७२ स्कोर जोड्दा रामे मगर र एमेच्योरद्वय शुक्रराज राई र जीवन राई ३ ओभर ७३ स्कोर लिएर खेलिरहेका छन् ।
कुल ५६ गल्फर सहभागी प्रतियोगितामा ३४ व्यवसायिक र २२ एमेच्योरले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल व्यवसायिक गल्फर संघको आयोजना र सूर्य नेपाल प्रालिको प्रयोजनमा भएको प्रतियोगिताको दोस्रो चरणपछि २१ व्यवसायिक र ६ एमेच्योर खेलाडीले दोस्रो चरणमा खेल्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६१ हजार ५ सय रुपैयाँ रहेको छ । शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश: १ लाख २० हजार, ७७ हजार र ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]