default_image

10 years ago

April 16, 2016

पुलिस र पश्चिमामञ्चलको विजयी शुरुवात

224 views

0 Bookmark

झापाको धाईजनमा भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघंले बिहीबार विजयी शुरुवात गरेको छ । धाइजन मोडको भलिबल कोर्टमा भएको उद्धघाटन खेलमा पुलिसले ढोरपाटन भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

volley ball nepal

पुलिसले पहिलो सेट २५–१८,दोस्रो २५–१९ र तेस्रो २५–१० ले आफ्नो पक्षमा पादै खेल सहज रुपमा आफ्नो पक्षमा पार्‍यो । पुलिसको जितमा उत्कृष्ट प्रदर्शन गरेका कुल बहादुर थापा म्यान अफ दि म्याच चूनिए । नेपाल भलिबल सघं र विहानी बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा भएको दोस्रो खेलमा पश्चिमामाञ्चलले मध्यमाञ्चलाई ३–० को सोझो सेटमा स्तब्ध पार्‍यो । पश्चिमाञ्चले पहिलो सेट २५– १८ ले सहज रुपमा आफ्नो पक्षमा पार्दै उत्कृक्ष् शुरुवात गरेको थियो । निकै प्रतिस्पर्धा भएको दोस्रो सेट पनि पश्चिमाञ्चलले २५–१९ ले जित्यो । तेस्रो सेटमा पनि पश्चिमाञ्चलले मध्यमाञ्चलमाथी २५–१० ले हाबी भएसागै पश्चिमाञ्चलले लिगमा विजयी शुरुआत गर्‍यो । पश्चिमाञ्चलको जितमा दिपेन्द्र श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

यसअघि प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्द किशोर पुनले गर्नु भएको थियो । सो अवसरमा उपराष्ट्रपति पुनले खेलकुद विश्व शान्तीको महत्वपुर्ण कडि भएको बताउदै खेलकुदको माध्यबाट राष्ट्रिय चिनारीलाई अन्र्तराष्टियकरण गर्नु पर्ने बताउनु भयो । उहााले भलिबल खेल हेर्दा आफ्नो बाल्यकालको स्मरण हुने गरेको प्रसगं कोट्याउदै नेपालको सबै भु–भागमा भलिबल खेल्ने गरेको जनाउदै नेपाल सरकारलाई यसखेललाई विषेश प्राथामिकतामा राखेर अगाडी बढाउन आग्रह गर्नु भयो । कार्यक्रममा एकिकृत एमाओवादीका केन्द्रिय सदस्य एवम् पोलिटब्यूरो सदस्य राम कार्की र एमालेका सभासद मन कुमार गौतम लगायतको उपस्थीती रहेका थियो । कुल चार दिनसम्म हुने प्रतियोगिता ५ बैशाखसम्म हुनेछ ।

लिगमा तीन विभागीय टिम सशस्त्र प्रहरी बलको(एपीएफ),नेपाल पुलिस,नेपाल आर्मी,ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र,जावलाखेल भलिबल प्रशिक्षण केन्द्र,पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघं,मध्यमाञ्चल क्षेत्रिय भलिबल सघं र पुर्वाञ्चल क्षेत्रिय भलिबल सघंले प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय लिगमा कुल २१ लाख अनुमानीत लागत लाग्ने नेपाल भलिबल सघंका सदस्य लेखनाथ पराजुलीले बताए । लिग विजेता ३ लाख १५ हजार,उपविजेता १ लाख ५७ हजार र तेस्रोलाई १ लाख १० हजार नगद पुरस्कार र ट्रफि प्राप्त गर्नेछन् । सर्बात्कृष्ट खेलाडीले २५ हजार,विधागत उत्कृष्टले समान ५–५ हजार नगद पुरस्कार ट्रफि मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्धघाटन उपराष्ट्रपति नन्द किशोर पुनले गर्नेछन् । गत सस्करणमा विजेता पुलिसले उपाधी हात पारेको थियो । दोस्रो सस्करण भने पोखरामा सञ्चालन भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

Success

Thank you for your time.