default_image

7 years ago

February 5, 2019

दिवान वीर गणेशमान बक्सिङको क्वार्टरफाइनल

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी दिवान शर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७५ को क्वार्टरफाइनलमा पुगेका छिन् । मंगलबार वसन्तपुर डबलीमा भएको प्रतियोगिताको पहिलो दिनको खेलमा पुलिसकी दिवानले प्रदेश ४ की आकृति गुरुङलाई पहिलो राउण्डमा नै पराजित गरिन् ।

त्यसअघि प्रतियोगिताको पहिलो खेलमा पुरुष ४९ केजीमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई हराए । सोहि तौल समूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई पराजित गरे । पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउण्डमा नै पाखा लगाए । पहिलो राउण्डमै सुरेन्द्रले जोडदार प्रहार गर्दा दुथबहादुर घाइते भएका थिए ।

महिलातर्फ ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश २ कि सपना गुरुङलाई हराइन् । पुरुष ६० केजी तौल समूहमा प्रदेश ३ का सनिल शाहीले प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउण्डमा हराए । प्रदेश ७ का भरत चन्दले प्रदेश १ का तोविन प्रधानलाई पराजित गरे ।

दिनको अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराए । पहिलो दिनका सबै विजेता खेलाडीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

त्यसअघि उद्घाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई फाउन्डेसनले १ लाख १ हजार नगदसहिद सम्मान गर्यो । उनलाई कार्यक्रमका प्रमुख अतिथि गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्रशंसा पत्रसहित सम्मान गरे । माघ २६ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशबाट छनोट भएका उत्कृष्ट खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.