default_image

7 years ago

February 6, 2019

पुनम वीर गणेशमान बक्सिङको सेमिफाइनलमा

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम रावल वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को सेमिफाइनलमा प्रवेश गरेका छिन् ।

बुधबार वसन्तपुर डबलीमा भएको महिला ६०-६४ केजी तौल समूहको क्वाटरफाइनल खेलमा पुनमले प्रदेश १ की त्रिशा जबेगुलाई हराउँदै अन्तिम ४ को यात्रा सुनिश्चित गरिन् । सोहि तौल समूहमा एपीएफकि सरस्वती रानाले प्रदेश ३ कि अम्बिका विकलाई पराजित गर्दा प्रदेश ६ की अश्मिता चन्दले प्रदेश ५ की माया चौधरीलाई पाखा लगाइन ।

पुरुष ६० केजी तौल समूहको खेलमा प्रदेश ४ का जिनेश गुरुङलाई पराजित गर्दै नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठले अन्तिम चारमा स्थान बनाए । सोहि तौल समूहमा त्रिभुवन आर्मी क्लबका एकबहादुर घले र एपीएफका प्रकाश लिम्बूले पनि सेमिफाइनलमा स्थान बनाए । एकबहादुरले प्रदेश ३ का सनील शाहीलाई हराए भने प्रकाशले प्रदेश ७ का भरत चन्दलाई पाखा लगाए । प्रदेश ५ का गणेश थापामगरले प्रदेश २ का सुदीप घिसिङलाई हराउँदै सेमिफाइनलमा समीकरण पूरा गरे ।

जिनेश गुरुङ (नीलो) विरुद्ध दिनेश श्रेष्ठ (रातो)

पुरुष ५६ केजी तौल समूहमा एपीएफका पुरन राईले प्रदेश १ का सुरेन्द्र राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापाले प्रदेश ५ का नवीन घर्तीलाई हराए । प्रदेश ७ का महेन्द्र चन्दले पुलिसका शम्भु राजवंशीलाई स्तब्ध पार्दा आर्मीका विमल रोकाले प्रदेश ६ का प्रशान्त लामाको चुनौती पन्छाए । चारै विजेता खेलाडीले अब सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

आर्मीका प्रेम चौधरीले प्रदेश ५ का समिर चौधरीलाई पराजित गर्दै पुरुष ५२ केजी तौल समूहको अन्तिम ४ मा स्थान पक्का गरे । प्रदेश १ का सुलभ राज तुलाधरले प्रदेश ६ का जीवन पुन मगरलाई हराउँदा पुलिसका चन्द्रबहादुर थापाले प्रदेश ७ का सागर मल्ललाई पन्छाए । एपीएफका विक्रम परियारले प्रदेश ३ का मिङमार ग्याल्जेन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ४९ केजीतर्फ एपीएफका प्रदिप महर्जनले प्रदेश २ का पवन श्रेष्ठ तथा आर्मीका सुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । प्रदेश ७ का भानु विष्टले प्रदेश ५ का सुरज ओलीलाई नकआउट गरे भने प्रदेश ६ का मोहन गुरुङले पुलिसका दीपेश राईलाई स्तब्ध पारे ।

सनील शाही (निलो) विरुद्ध एकबहादुर घले (रातो)

महिलातर्फ ४६-४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले एपीएफकी नाङ्गजा बुढामगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाइन । आर्मीको ललिता महर्जनले प्रदेश १ की मन्जिता माखिम, प्रदेश ३ की सुष्मा तामाङले प्रदेश ६ की जानकी थापा तथा प्रदेश ५ की सुशिला थापाले प्रदेश ८ की प्रतिभा शाहीलाई पराजित गरे ।

आर्मीकी विमला श्रेष्ठले ४८-५१ केजी तौल समूहमा प्रदेश २ की मनिषा राईलाई हराउँदै अन्तिम ४ मा स्थान बनाइन । प्रदेश ४ की मिना घले, प्रदेश ३ की रोशनी राई र एपीएफकी माला राई पनि अन्तिम ४ मा प्रवेश गरे । मिनाले प्रदेश ६ कि सुष्मा पुन मगर, रोशनीले प्रदेश ५ की विमला थापा मगर तथा मालाले प्रदेश १ की अरुणा योन्जनलाई पराजित गरे ।

एपीएफकी संजुमाया थिङले महिला ५१-५४ केजी तौल समुहमा प्रदेश ७ की हरिना ऐरलाई पराजित गर्दा प्रदेश २ की तेजी गुरुङ र पुलिसकी निशा तामाङ पनि सेमिफाइनल पुगे । तेजीले प्रदेश ३ की शिवानी श्रेष्ठ तथा निशाले प्रदेश १ कि चन्द्रकला राईलाई पराजित गरिन् ।

वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्नेछन् । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमश: स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.