7 years ago
February 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम रावल र नेपाल एपीएफ क्लबकी सरस्वती राना वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को फाइनलमा भिड्ने भएका छन् ।

बिहीबार वसन्तपुर डबलीमा भएको ६०-६४ केजी तौल समूहको सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउण्डमा नै जित दर्ता गरे । पुनमले प्रदेश २ की अपराजिता घतानेलाई तथा सरस्वतीले प्रदेश ६ की अश्मिता चन्दलाई हराइन् ।
५७-६० केजी तौल समूहमा एपीएफकी संगीता सुनारले प्रदेश ५ की संगीता दंगाललाई पराजित गरिन् । उनले फाइनलमा अर्मिकी सविना श्रेष्ठसँग खेल्नेछिन् । सविनाले प्रदेश १ की सोममाया लिम्बूलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेकी हुन् ।
आर्मीकै चन्द्रकला थापाले पनि ५४-५७ केजी तौल समूहको फाइनलमा स्थान बनाइन् । उनले प्रदेश ७ की निर्मला केसीलाई पराजित गरिन् । एपीएफकी सुलभ थापा मगरले निकै प्रतिस्पर्धात्मक खेलमा प्रदेश ३ की कुसुम तामाङलाई हराउँदै फाइनल पुगिन् । महिला ५१-५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङ र पुलिसकी निशा तामाङ खेल्नेछन् । मिनुले प्रदेश २ कि तेजी गुरुङलाई तथा निशाले एपीएफकि संजुमाया थिङलाई पराजित गरिन् ।
महिला ४६-४८ केजी तौल समूहमा पुलिसकी दिवान शेर्माले आर्मीकी ललिला महर्जनको चुनौती पार गरिन् । अर्को सेमिफाइनलमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश ३ की सुष्मा तामाङबाट वाकओभर पाइन् ।
पुरुषतर्फ ६४ केजी तौल समूहमा आर्मीका सुरेश नेपाली, पुलिसका भुपेन्द्र थापा र एपीएफका सोनाम सार्कीले सेमिफाइनलमा स्थान बनाए । सुरेशले प्रदेश २ का किशोर शर्मा, भुपेन्द्रले प्रदेश ५ का विशाल रेग्मी र सोनामले प्रदेश १ का अभिनय राईलाई हराए । प्रदेश ६ का इन्द्र सुनारले प्रदेश ४ का पवन गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।
पुरुष ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश ४ का सविन गुरुङलाई हराउँदै सेमिफाइनलमा पुगे । एपीएफका विकास लामाले प्रदेश ६ का विकास लामालाई हराउँदा प्रदेश१ का राजेश गुरुङले प्रदेश ५ का हेमराज चौलागाईंलाई दोस्रो राउण्डमा नकआउट गरे । प्रदेश ३ का मनीष डंगोलले प्रदेश ७ का वसन्तबहादुर सिंहलाई पहिलो राउण्डमा नै हराए ।
एपीएफका सुमन कार्कीले प्रदेश ५ का गणेश विकलाई पराजित गर्दै ७५ केजी तौल समूहको अन्तिम ४ मा स्थान बनाए । सोहि तौल समूहमा आर्मीका दिपक श्रेष्ठले प्रदेश ४ का अनिल थापामगर तथा प्रदेश ३ का दिवेश भूमिलालले प्रदेश ७ का विरेन्द्रबहादुर शाहीलाई हराए ।
पुरुष ८१ केजी तौल समूहमा आर्मीका रवी सुनारले प्रदेश १ का प्रशील रुचालबाट वाकओभर पाए । प्रदेश ५ का केशर खत्रीले एपीएफका गोकुल गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।
वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्नेछन् । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमश: स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]