7 years ago
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक्स बक्सर क्लब मकाउले नेपाल बक्सिङ संघको समन्वयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पलब जित्न सफल चार बक्सरलाई सोमबार नगदसहित सम्मानित गरेको छ ।

एक्स बक्सर समूहको आर्थिक सहयोगमा संघले पत्रकार सम्मेलन आयोजना गर्दै सोमबार पदक जित्न सफल चार खेलाडीलाई जनही २५–२५ हजार रूपैया नगदसहित सम्मानित गरेको हो । सम्मानित हुनेमा आर्मीका विमला श्रेष्ठ, पुनम रावल र सुशील थापा तथा पुलिसकी दिवाना शेर्मा छन् ।
विमलाले २०१८ फेब्रुअरी १ देखि ७ सम्म भएको प्रथम इन्डिया इनटरनेशनल पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा ५४ केजी तौल समूहमा कास्यपदक जित्न सफल भएका थिए । यस्तै पुनम रावलले सोही प्रतियोगिताको ६० केजी तौल समूहमा कास्यपदक हात पारेकी थिइन् ।
यस्तै दिवाना शेर्मा र सुशील थापाले यसैसाता काठमाडौंमा सम्पन्न वीर गणेशमान सिंह महिला तथा पुरुष राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । दिवानाले महिला ४८ केजी तौल समूहमा स्वर्ण जितेक थिइन् । सुशिल श्रेष्ठले पुरुष ४९ केजी तौल समूहमा स्वर्ण हात पारेका थिए । उनीहरु दुवै जना प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए ।
खेलाडीहरुलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, एक्स मकाउ समूहका प्रतिनिधि लगायतले पुरस्कृत गरेका थिए ।
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]