7 years ago
February 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले रुस्लान थ्री स्टार क्लबका लागि सिजनको पहिलो गोल गरेका छन् ।

पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकबप फुटबल प्रतियोगिता अन्तरगतको सिक्किम युनाइटेडविरुद्धको खेलमा गोल गरेसँगै अनिलले सिजनको पहिलो गोल गरेका हुन् । उनले खेलको २४औं मिनेटमा गोल गरेका थिए ।
सिक्किमका खेलाडीले सुशिल राईलाई फल गरेपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई अनिलले सदुपयोग गरेका हुन् । घरेलु फुटबलको अर्को चर्चित क्लब सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबमा झन्डै एक दशक बिताएका अनिल यहि सिजनको सुरुवातमा थ्री स्टार पुगेका थिए ।
थ्री स्टारमा अनुबन्ध भएसँगै अनिलले ‘ए’ डिभिजन लिग, मोफसलको विभिन्न प्रतियोगिता तथा यसै साता भुटानमा भएको जिग्मेसिग्मे वाङचुक गोल्डकप प्रतियोगितामा खेलेपनि गोल गर्न भने सकेका थिएनन् ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]