default_image

2 hours ago

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

268 views

0 Bookmark

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेले
फिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्।

कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्।

उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली दुवैका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई यो सम्मान दिइएको हो।

पुरुषतर्फ पिएसजी र फ्रान्सका फरवार्ड उस्मान डेम्बेले ले फिफा वर्षका उत्कृष्ट पुरुष खेलाडी २०२५ को अवार्ड जिते। उनले पीएसजीलाई फ्रेन्च लिग, कुप डे फ्रान्स र पहिलो पटक युइएफए च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

फिफा ‘द बेस्ट’ अवार्डका विजेता फ्यान, राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र पत्रकारहरूको मतका आधारमा छनोट गरिन्छ।

यो अवार्डसँगै बोनमाती र डेम्बेले दुवै विश्व फुटबलका उत्कृष्ट खेलाडीका रूपमा फेरि एकपटक स्थापित भएका छन्।

२८ वर्षे डेम्बेलेले सन् २०२४–२५ सिजनमा पिएसजीलाई चार उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि सेप्टेम्बरमा उनले बालोन डि’ओर पनि जितेका थिए।

डेम्बेलेले गत सिजन ५३ खेलमा ५१ गोलमा प्रत्यक्ष योगदान दिएका थिए। पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन सहयोग गरेपछि उनले यो व्यक्तिगत अवार्ड जितेका हुन्।

डेम्बेलेले यो अवार्डका लागि बार्सिलोनाका लामिन यामाल र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पारे।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.