default_image

7 years ago

March 29, 2019

एपीएफलाई उपाधि, रेश्मा सर्वोत्कृष्ट

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ ।

शुक्रबार सम्पन्न फाईनल खेलमा होंगवाजी न्यु डायमन्डलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफलले उपाधि जितेको हो । एपीएफले न्यु डायमन्डलाई २५-१२,२५-११ र २५-११ ले पराजित गरेको हो । विजेता एपिएफले २ लाख ५० हजार प्राप्त गर्दा दोस्रो भएको न्यु डायमन्डले १ लाख २५ हजारमा चित्त बुझायो । तेस्रो भएको नेपाल पुलिस क्लवले ५० हजार पायो ।

व्यक्तिगत अवार्डमा पनि एपीएफका खेलाडीको वश्र्चव रह्यो । प्रतियोगिताकै उत्कृष्ट स्पाइकर नेविका चौधरी (एपीएफ), सर्भर प्रतिभा माली (न्यु डायमन्ड), डिफेन्स मनिषा तामाङ्ग(एपीएफ), ब्लाकर सरस्वती चैधरी (एपीएफ), सेटर विनिता बुढाथोकी (एपीएफ) तथा एपीएफकै पुजा चौधरी उदयमान खेलाडी र ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । सबैले समान ५ हजार र ट्रफी प्राप्त गरे ।

सर्वोत्कृष्ट खेलाडी रेश्मा भण्डारी

एपीएफकी रेश्मा भण्डारी प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित हुँदै १ थान स्कुटर प्राप्त गरिन् । सम्पूर्ण विजयी टिम र खेलाडीलाई सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाले पुरस्कृत गरेका थिए । गत चैत्र १० देखी सुरु भएको प्रतियोगितामा नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, न्यु डायमन्ड र ढोरपाटन गरि ६ टिमको सहभागिता थियो ।

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

Success

Thank you for your time.