7 years ago
April 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्रोएसियामा सम्पन्न आइएसएफ विश्व स्कुल यु–१५ च्याम्पियनसिप भलिबलमा नेपालको प्रतिनिधित्व गरेको न्यु डायमन्ड एकेडेमीले फेयर प्ले अवार्ड हात पारेको छ ।

नेपालको न्यु डायमन्ड एकेडेमीले महिला यु–१५ मा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले उच्च प्रदर्शन गर्दै फेयर प्ले अवार्ड जित्न सफल भएको नेपालको हेड अफ डेलिगेसन राजकुमार कार्कीले हाम्रो खेलकुदलाई जानकारी गराए ।
महिला स्पर्धामा २२ राष्ट्रले सहभागिता जनाएको थियो । नेपालले एक खेलमा जित हात पारेपनि उत्कृष्ट र मन जित्ने खेल प्रदर्शन गरेको थियो ।
नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप खेल्ने मौका पाएको हो ।

इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै नेपालको सहभागिता निश्चित भएको हो । सन् १९७२ देखि सुरु भएको यस प्रतियोगिताका लागि आइएसएफले नेपाल स्कुल स्पोर्टस् फेडेरेसनलाई भलिबलको लागि निम्ता पठाएको थियो ।
९ खेलाडीसहितको १४ सदस्यीय टोली एक साताअघि प्रतियोगिता स्थल क्रोएसिया पुगेको थियो ।
नेपाली टोली
सोनी थपलिया – खेलाडी
करिना सुनुवार – खेलाडी
सविना तामाङ – खेलाडी
दिया परियार – खेलाडी
जोया गुरुङ – खेलाडी
सजिना श्रेष्ठ – खेलाडी
रिया कुवँर – खेलाडी
प्रेक्षा राई – खेलाडी
सुनिता खड्का – खेलाडी
कुमार राई– प्रशिक्षक
राज कुमार कार्की – हेड अफ डेलिगेसन
सुनकेशरी माली – स्कुल शिक्षक
चन्द्रा बदना राई – रेफ्री
मोहन कुमार कार्की – स्कुल डाइरेक्टर
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]