default_image

5 years ago

April 7, 2019

केएनपी भलिबललाई मुक्तिनाथको साथ

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ बिकास बैंकले प्रायोजन गरेको छ । आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताको लागि मुक्तिनाथ बिकास बैंकसँग प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा मुक्तनाथ बिकास बैंका सिइओ प्रद्युमान पोखरेल र शेरबाहदुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ बिकास बैंकले प्रायोजन गरेको छ ।

आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताको लागि मुक्तिनाथ बिकास बैंकसँग प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा मुक्तनाथ बिकास बैंका सिइओ प्रद्युमान पोखरेल र शेरबाहदुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौता पत्र आदान प्रदान गरे । सम्झौतापछि बैंकका सिइओ प्रद्युमानले राम्रो क्षेत्रमा हात हालेका कारण सुरुमा सानो रकमबाट अघि बढेको र बिस्तारै सहयोग बढ्दै जाने बताए ।

सम्झौतासँगै बैंकले प्रथम पुरस्कारको २ लाख रुपैयाँसहित आवश्यक होडिङ बोर्ड र ब्यानरको व्यवस्था मिलाउनेछ । जावलाखेलस्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको विजेताले २ लाख, उप विजेताले १ र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेर बहादुर स्पेशल अवार्डको विजेताले जनही रु १५–१५ हजार पाउने छन् । त्यस्तै विधागततर्फ उत्कृष्ट स्काईकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षक जनही ५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको प्रत्येक खेलको वुमन अफ द म्याचले पनि नगद ५ हजार र ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र शेर ब. खड्का स्पेशल अवार्डको विजेताले सुलक्स सेन्टरबाट ३०–३० हजार बराबरको टिसट घडी पनि पाउने प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत २१ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा जापानको नम्बर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी रहने छ । प्रतियोगितामा साविक विजेता एपिएफ, होङवान्जी न्युडायमन्ड, नेपाल पुलिस, आर्मी, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरि ६ टिमको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुने छ ।

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

Success

Thank you for your time.