7 years ago
April 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको आयोजनामा प्रथम राष्ट्रिय एन्जल्र्स हर्ट अन्तर विद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि हुने भएको छ ।

ढोरपाटन क्लबको व्यवस्थापनमा प्रतियोगिता जेठ १५ गतेबाट २१ गतेसम्म हुने आयोजक एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गरायो । प्रतियोगितामा देशैभरबाट करिव ८० टोलीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीले तथा गतवर्ष १२ कक्षा पास भएका खेलाडीहरुले मात्रै खेल्न पाउने प्रावधान राखिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र विभागीय टोलीले खेल्न पाउनेछैनन् ।
एन्जल्स हर्ट एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष लिल बहादुर पुनले नयाँ प्रतिभा जन्माउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको बताए । एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका कार्यकारी अध्यक्ष खिम बहादुर थापाले नयाँ तरिकाले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल स्तरमा बजेटको हिसावले यो सबैभन्दा ठुलो प्रतियोगिता रहेको र यसलाई आगमी वर्षमा पनि निरन्तरता दिने बताए ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।
अनुमानित लागत १८ लाख रुपैया रहेको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको खेलहरु एन्जल्र्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको खेल मैदान र ढोरपाटन क्लबको खेल मैदान नयाँ बसपार्कमा हुनेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]