7 years ago
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश २ का दीपक थापा आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले विभागीय नेपाल एपीएफ क्लबका उमित शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै अखन्तिमा चारमा स्थान बनाए । उनले उमितमाथि ११–५, ११–२ र ११–८ को सोझो सेटमा जित निकाले ।
यस्तै प्रदेश २ का दीपक थापाले प्रदेश १ कमा निशान्त अग्रवाललाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । सुरुवाती दुई सेट ११–६ र ११–५ ले सहजै जितेको दीपको तेस्रो सेट ५–११ ले गुमाएपनि चौथो सेटमा ११–६ को जित निकाल्न सफल भए ।

प्रदेश ३ का प्रविन विर कंसकारले एपीएफका विक्रम मगरमाथि ३–० को सहज जित निकाले । एकपक्षीय खेलमा प्रविनले ११–९, ११–२ र ११–२ को जित हासिल गरे । अन्तिम क्वाटरफाइनलमा प्रदेश ३ का राजेन्द्र शाक्यले आफ्नै प्रदेशका अमिर ब्लोनमाथि ३–१ को जित दर्ता गरे । सुरुको सेट राजेन्द्रले ३–११ ले गुमाएपनि बाँकी तीनै सेटमा राजेन्द्र ११–२, ११–३ र ११–६ ले विजयी हुन सफल भए ।
अब सेमिफाइनलमा अमृत र दीपक तथा प्रविन र राजेन्द्रबीच शुक्रबार खेल हुनेछ । प्रतियोगिताअन्तर्गत आजदेखि महिला ओपनका चार खेल हुने नेपाल स्क्वास संघले जनाएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]