7 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र्याली विराटनगरबाट शुक्रबार सुरु भएको छ ।

विराटनगरमा ओलम्पियन जितबहादुर केसी, डम्बर कुँवर, विमला राना र मेनुका रावतले र्याली सुरु गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.१ का प्रदेश प्रमुख गोविन्द तुम्बाम्पो, विशेष अतिथि प्रदेश न.१ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सभापती पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटि ज्युले गर्नुभएको थियो । कार्यक्रममा झन्डै २ सय खेलाडी, खेल, शुभचिन्तक र प्रशिक्षकहरु सम्पूर्णको उपस्थिती थियो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को व्यवस्थापनमा जारी र्याली प्रदेश१ को विराटनगर हुँदै देशव्यापी र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक टर्च) गरेपछि समापन हुनेछ । कार्यक्रममा १४ ओलम्पियनले सक्रिय सहभागिता जनाउने छन् ।
सबै प्रदेशका प्रतिनिधि ओलम्पियनले र्यालीमा सहभागिता जनाउनेछन् । उद्घाटन समारोहमा दिप प्रज्वलनको कार्यक्रम ओलम्पियन सुरेन्द्र हमालको हातबाट गर्न एनएनआईपीएले आयोजक समितिलाई सिफारिस गरेको छ । भारोत्तोलनका राष्ट्रिय पूर्व खेलाडी तथा पूर्व प्रशिक्षक हमाल नेपालगंजका हुन् । उनले सन् १९८४ को लास एन्जेल्स ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । कार्यक्रमको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बेहोर्नेछ ।
र्याली तालिका :
चैत २८ गते काठमाडौं बाट विराटनगर
चैत २९ गते प्रदेश नं १ विराटनगरमा विहान ८ बजे कार्यक्रम
चैत २९ गते प्रदेश नं २ धनपामा दिउसो १:३० बजे कार्यक्रम
चैत ३० गते प्रदेश नं ३ हेटौंडा मा विहान ८ बजे कार्यक्रम
चैत ३० गते प्रदेश नं ३ चितवन बाटोमा (बजारमा दौडने)
चैत ३० गते बेलुकी पोखरा पुग्ने
वैशाख १ गते प्रदेश न ४ पोखरामा विहान ८ बजे कार्यक्रम
वैशाख १ गते लुम्बिनी पुगने
वैशाख २ गते विहान लुम्बिनीमा दिपप्रज्वल गर्ने
वैशाख २ गते प्रदेश नं ५ बदनाम ११ वजे कार्यक्रम
वैशाख २ गते बेलुकी मम्म कोहलपुर अथवा सुर्खेत पुगेर बस्ने भोलि पल्ट
वैशाख ३ गते विहान ९ बजे सुर्खेतमा प्रदेश ६ को कार्यक्रम
वैशाख ३ गत धनगढ़ी आईने
वैशाख ४ गते प्रदेश नं ७ धनगढी कैलालीमा ८ वजे कार्यक्रम
वैशाख ४ गते नेपालगंज आईपुग्ने
वैशाख ५ गते नगरपरिक्रमासहित नेपालगंज रंगशालामा दप प्रज्वल गाने
वैशाख ६ गते विहान नेपालगंज बाट काठमाण्डौ आउने ।
र्यालीमा सहभागी हुने ओलम्पियनहरु:
जितबहादुर केसी
हरिबहादुर रोकाया
सुरेन्द्र हमाल
पुष्पराज ओझा
डम्बर कुँवर
दीपक विष्ट
विष्णुबहादुर सिंह
डम्बर दत्त भट्ट
संगिना वैध
विमला रानामगर
पार्वती थापा
मेनुका रावत
अनिता श्रेष्ठ
कमलबहादुर अधिकारी
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]