7 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका कीर्तिमानी खेलाडी सोमबहादुर कुमालले आठौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् ।

कतारको दोहामा हुन लागेको एशियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का भएपछि सोमले आठौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । एशियन एथलेटिक्स च्याम्पियनसिप र आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सको मिति जुधेका कारण सोमले आठौ गुमाउने भएका हुन् ।
एसियन च्याम्पियनसिप अप्रिल २१ देखि २४ तारिखसम्म आयोजना हुँदैछ । आठौंको एथलेटिक्स १८ देखि २२ अप्रिलमा हुँदैछ । टोली २० अप्रिलमा कतार जाने तालिका रहेको छ । एसियन एथलेटिक्समा सोमसँगै नेपाल एपीएफ क्लबका अजित कुमार यादव पनि दोहा जाँदैछन् ।
आठौं नखेल्ने भएपछि सोमले आठौं खेलकुद मिस हुने भएपनि एसियनमा आफ्नो रेकर्डमा सुधार गर्ने बताए । ‘यो वर्ष नियमित (दुईवर्षको अन्तर) मै प्रतियोगिता आयोजना भयो । हामी खुशी थियौं । तर, एसियन र आठौंको मिति जुधेपछि आठौं नखेल्ने भएँ, ‘सोमले भने ।
सोम ट्र्याक एन्ड फिल्डका ४००, ८०० र १५०० मिटरको च्याम्पियन हो । उनी सातौंका समेत च्याम्पियन हुन् । सोमले आठौंमा ४००, ८००, १५०० र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा गर्ने तालिका थियो । सोमसँगै नेपाल एपीएफ क्लबका अजित कुमार यादवले कतारको दोहामा आयोजना हुने एशियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
गत महिना हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्णधारी अजितले ५ हजार मिटर दौडमा नेपालको चुनौती पेश गर्नेछन् । यस्तै कीर्तिमानी खेलाडी सोमबहादुर कुमालले ८ सय र १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल एथ्लेटिक्स संघले दोहामा अप्रिल २१ देखि २४ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपका लागि नेपालबाट सोमबहादुर कुमाल र अजित कुमार यादवले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
कुमालले गत भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०.२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै आफ्ना गुरु धनीराम चौधरीको कीर्तिमान भंग गरेका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]