default_image

7 years ago

April 20, 2019

सन्दीपलाई गेलको विकेट

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानले किंग्स ईलाभेन पन्जावका ओपनर क्रिस गेललाई आउट गरेका छन् ।

सन्दीपले १३ अौं ओभरको दोस्रो बलमा सन्दीपले गेललाई ६९ रनमा क्याच आउट गराएका हुन् । त्यसअघि सन्दीपले अर्का ओपनर केएल राहुललाई पनि आउट गरेका थिए । गेललाई अाउट गरेकै अोभरमा सन्दीपले साम कुरनलाई पनि आउट गरे । सन्दीपले आफ्नो तीन ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका छन् ।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्लीले सन्दीपलाई दोस्रो ओभरमै बलिङ गर्न लिएको थियो । पहिलो बलमा केएल राहुलले सन्दीपलाई छक्का प्रहार गरे । दोस्रो बल सन्दीपले डट गराए । तेस्रो बलमा राहुलले चौका प्रहार गरे । चौथो बलमा भने सन्दीपले विकेटकीर ऋषभ पन्बाट क्याच आउट राहुललाई १२ रनमा स्टम्पिङ्ग आउट गराएका हुन् । सन्दीपले पाँचौ बलमा मयंक अग्रवाललाई डट गराउँदा छैटौं बलमा १ रन दिए । सन्दीपले सम्रगमा पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।

चौथो ओभरमा सन्दीप महँगो सावित भए । यस ओभरमा सन्दीपलाई क्रिकेस गेलले ४ चौका प्रहार गरेपछि आफ्नो दोस्रो १६ रन खर्चिएका थिए । पहिलो बलमै गेलले चौका प्रहार गरे । दोस्रो बल डट गराए । तेस्रो बलमा पुन चौका प्रहार गरे ।चौथो बल डट गराउँदा पाँचौ र छैटौं बलमा गेलले सन्दीपलाई चौका प्रहार गरे ।

ब्यक्तिगत तेस्रो ओभरको लागि सन्दीपले १३ औं ओभर पर्खनु परेको थियो । पहिलो बलमै क्रिस गेलले सन्दीपलाई छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दीपले बाउन्ड्री लाईन नजिकैबाट अक्षर पटेलबाट क्याच गराउँदै क्रिस गेललाई ६९ रनमा पेभिलिएन फर्काए । अन्य तीन बल साम करनलाई डट गराए । अन्तिम बलमा करनलाई आफैं क्याच लिदै पेभिलिएन फर्काए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.