2 hours ago
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ।
टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर गोल गरेपछि उनी घाइते हुँदै केही समयमै मैदान छोड्न बाध्य भए।
६६औँ मिनेटमा एकितिकेले उत्कृष्ट हेडरमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। यो उनको पछिल्ला ३ खेलमा पाँचौँ गोल हो।
८३औँ मिनेटमा परिवर्तित रिचार्लिसनले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने प्रयास गरे। तर त्यसको केही समयपछि क्रिस्टियन रोमेरोले इब्राहिमा कोनाटेलाई फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छोडे र टोटेनहम ९ खेलाडीमा सिमित भयो।
अन्तिम समयमा दबाब बढे पनि लिभरपुलले अग्रता जोगाउँदै जित निकाल्यो। यो जितपछि लिभरपुल तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । टोटेनहम १३औँ स्थानमा रहेको छ।
सिटीको जितमा हालान्डको २ गोल
एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ।
हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए।
टिज्जानी राइनडर्सले ३८ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा सिटी २-० ले अघि रह्यो। हालान्डकै पासमा पेनाल्टी क्षेत्रमा बल पाएका राइनडर्सले शक्तिशाली प्रहारमा गोल गरेका हुन्।
६९ औं मिनेटमा हालान्डले सिजनको आफ्नो १९औँ लिग गोल गर्दै टोलीको जित निश्चित गरे।
पहिलो हाफमा वेस्ट ह्याम आक्रमणमा निकै कमजोर देखियो। दोस्रो हाफमा केही सुधार गरे पनि सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्।
यो जितपछि म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा यथावत् छ। वेस्ट ह्याम भने १३ अंकसहित १८औँ स्थानमा छ ।
आर्सनल पुनः शीर्ष स्थानमा
आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो ।त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो गोल हो ।
दोस्रो हाफमा आर्सनलले खेलमा राम्रो नियन्त्रण राख्यो। लिआन्ड्रो ट्रोसार्ड र मार्टिन जुबिमेन्डीको प्रहार पोस्टमा लाग्दा बुकायो साकाको एक प्रहार गोल लाइनमै रोकियो। अर्कोतर्फ एभर्टनले पेनाल्टी पाउनुपर्ने दाबी गरे पनि रेफ्रीले निर्णय बदलेनन्।
एक गोलको अग्रता जोगाउँदै आर्सनलले जित निकाल्यो र क्रिसमससम्म लिगको शीर्ष स्थानमा रहन सफल भयो। एभर्टन १०औँ स्थानमा सीमित छ।



December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]