7 years ago
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित दर्ता गरेपछि एपीएफ पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समूह विजेताको रुपमा प्रवेश गरेको छ ।

लगनखेलस्थित आर्मी प्रशिक्षण केन्द्रको कभर्ड हलमा एपीएफले आर्मीलाई पाँचौ सेटमा पराजित गर्यो । पहिलो सेट २५-१४ ले जितेको एपीएफले दोस्रो सेट २२-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२३ को जित दर्ता गरेपनि आर्मीले चौथो सेट २५-२० ले जित्दै खेललाई पाँचौ सेटसम्म पुर्यायो । पाँचौ सेटमा पनि १३-१० को अग्रता लिएको आर्मीले त्यसपछि लगातार अंक गुमाएपछि एपीएफ १५-१३ ले जित दर्ता गर्न सफल रहयो । एपीएफकी सरस्वती चौधरी वुमन अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
त्यस्तै दिनको दोस्रो खेलमा समूह बीको पुलिसले पश्चिमाञ्चललाई २५–१६,२५–८ र २५–२२ को सोझो सेटमा हराउदै समूह विजेता बन्यो । उक्त समूहबाट होंगान्जी न्यू डायमन्ड अघिल्लो दिन नै एक जित र एक हारसहित सेमिफाइनल पुगेको छ । अर्को खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हरायो ।
सोमबार हुने पहिलो सेमिफाईनल एपीएफ र होङगान्जी न्यू डायमण्डबीच हुनेछ भने दोश्रो सेमिफाइनलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५-१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् । हरेक खेलका प्लेयर अफ द म्याच ले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]