default_image

7 years ago

April 29, 2019

आर्मी फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )-  त्रिभुवन आर्मी क्लब केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको  छ ।

मंगलबार हुने उपाधि भिडन्तमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफको सामाना गर्ने छ ।

आर्मीले सोमबार भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको थियो ।

निरुता ठगुन्नाको उच्च प्रदर्शनबाट प्रेरित आर्मीले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेट जितेको थियो । आर्मी २१-२५,२५-१८,२८-२६,२५-१३ ले जितेको थियो । फाइनल मंगलबार हुनेछ । एपीएफले यसअघि होंगान्जी न्यू डायमन्डलाई ३-० ले पराजित गर्दै उपाधि भिडन्त तय गरिसकेको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी निरुता ठगुन्ना प्लेयर अफ दि म्याच बन्दै ५ हजार रुपैयाँ प्राप्त गरिन् ।

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.