default_image

2 hours ago

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

176 views

0 Bookmark

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ ।

भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए।

प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल तेस्रो भयो। धरानको नेपाल पुलिस स्कुललाई ३-१ ले हराउँदै पिस प्वाइन्ट तेस्रो भएको हो।

उपाधिसहित पुलिसले ६०, सैनिक महाविद्यालयले ४० र पिस प्वाइन्टले २० हजार रूपैयाँ प्राप्त गरेका गर्यो ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ पुलिस स्कुल साँगाका मनिष बन्राईट सर्वोत्कृष्ट खेलाडी, पुलिसकै समिर थापा सर्वोत्कृष्ट गोलकिपर , सैनिक आवसीयका निरज अधिकारी उदयमान खेलाडी घोषित भए ।

प्रतियोगितामा बिकेटेश्वर स्कुल  फेयर प्ले टिम र नेपाल एपिएफ स्कुल, किर्तिपुर उत्कृष्ट मार्चपास टोली घोषित भयो ।

नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विजेता, दोस्रो टोलीलाई पुरस्कृत गरे। महानिरीक्षक कार्कीले प्रतियोगितालाई उत्साह, अनुशासन र खेलभावनासहित सम्पन्न गराउन सहयोग पुर्‍याउने आयोजक समिति, सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, प्रहरी कर्मचारी तथा दर्शकलाई धन्यवाद दिए ।

मंसिर १७ गते सुरु भएको प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो, नेपाल पुलिस स्कुल धरान, नेपाल पुलिस स्कुल, चितवन, नेपाल पुलिस स्कुल  सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, भक्तपुर, नेपाल सशस्त्र प्रहरी विद्यालय, कीर्तिपुर लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका जम्मा १४ विद्यालयका १५  टोलीको सहभागिता रहेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.