7 years ago
May 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले त्रिभुवन विश्वबिद्यालय टिमलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ बाट अन्तिम आठमा पुग्न सफल भएको हो ।
पुलिसले प्रदेश १ लाई २५–८, २५–१८ र २५– ९ को सेटमा हरायो । प्रतियोगितामा ८ टोली सहभागी भएको कारण प्रदेश १ पनि क्वाटरफाइनलमा पुग्न सफल भयो । यस्तै आर्मीले विश्वबिद्यालय टिमलाई ३–० को सोझो सेटमा नै पराजित हरायो । आर्मीले विश्वविद्यालयमाथि २५–१३, २५–१३ र २५–१५ को सेटमा पाखा लगायो ।
जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार एपीएफले प्रदेश ३ लाई २५–१६,२५–१५ र २६–२४ को सेटमा हरायो । त्यस्तै गण्डकी प्रदेशले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का बनायो । गण्डकीले प्रदेश २ लाई २५–१६,२५–१५ र २५–१६ को सेटमा हरायो ।
क्वाटरफाइनलमा पुलिसले मंगलबार प्रदेश ३, आर्मीले प्रदेश नम्बर एपीएफले प्रदेश १ र गण्डकीले विश्वव्द्यिालयसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ८ टोलीको मात्रै सहभागिता रहेका कारण पराजित भएका टोलीले पनि क्वाटरफाइनलमा थान बनाएको हो ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्नेछ । यस्तै उपविजेताले १लाख ७६ हजार २५१ नगद प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैया तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउने छन् ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]