7 years ago
May 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बाबु शेर्पाले टर्किस एअरलाइन्स गल्फ विश्वकपको काठमाडौं छनोटको उपाधि जितेका छन् ।

शनिबार गोकर्ण गल्फ रिसोर्टमा शेर्पाले काउन्ट ब्याकका आधारमा ओला तेन्जिङलाई पछाडी पार्दै विश्वकपका लागि छनोट भएका हुन् । शेर्पाले नोभेम्बरमा टर्कीमा हुने टर्किस एअरलाइन्स विश्वकप गल्फमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
शेर्पा र तेन्जिङ दुवैले ४२ अंक जोडेका थिए । काउन्टब्याकमा १० ह्यान्डीक्यापका शेर्पाले ब्याक नांमा २३ तथा १५ ह्यान्डीक्यापका तेन्जिङले १८ अंक जोडेका थिए । तेन्जिङ प्रतियोगिताको उपविजेता भए । टासी छिरिङले ग्रसतर्फ उपाधि जिते । उनले ३८ ग्रस अंक जोडेका थिए । उलाई स्वर्गीय आङ छिरिङ शेर्पाको स्मृतिमा विशेष ट्रफी पनि प्रदान गरियो ।
पेम्बा शेर्पाले तेस्रो स्थान हासिल गरे । उनले ४१ अंक जोड्दै अन्य दुई खेलाडीसँग अंक बराबरी भएपनि काउन्ट ब्याकको आधारमा तेस्रो स्थान हासिल गरे । रजत राना र केएनएस थापाले पनि समान ४१ अंक जोडेका थिए ।
महिलातर्फ कश्मिरा शाहले ३९ अंक जोड्दै पहिलो स्थान हासिल गरिन् । रेखा घिमिरे ३१ अंक जोड्दै काउन्टब्याकको आधारमा दोस्रो भइन् । कल्याणी मोक्तानले ३१ अंक जोडेपनि उनले ब्याक नाइनमा १४ र रेखाले १५ अंक जोडेकी थिइन् ।
मिथुन राईले पुरुषतर्फ क्लोजेस्ट टु द पिन र रेखा घिमिरेले महिलातर्फ उक्त अवार्ड जितिन् ।
टर्किस एअरलाइन्सका प्रबन्ध निर्देशक अब्दुल्लाह तुन्चेर केसेसी, सेल्स म्यानेजर बेनजिर श्रेष्ठ तथा गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले विजयी गल्फरलाई पुरस्कृत गरे । ६ महिलासहित कुल १ सय १ गल्फरको सहभागिता रहेको प्रतियोगिता स्टेबलफोर्ड फर्म्याटमा अधिकतम १८ ह्यान्डीक्याप राखेर खेलाइएको थियो ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]