7 years ago
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९ को पहिलो दिनको खेलमा अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लबमा जारि प्रतियोगिताको पहिलो दिन जयरामले ४ अन्डर ६८ स्कोर जोड्दै दोस्रो स्थानका एमेच्योर सुवास घिसिङसँग १ स्ट्रोकको अग्रता कायम गरे । जयरामले फ्रन्ट नांमा ४ अन्डर ३२ र ब्याक नाइनमा इभन पर ३६ को प्रदर्शन गरे । उनले तेस्रो होलमा इगल तथा पाँचौ, सातौं, नवौं र १८ औं गोलमा बर्डी खेल्दा चौथो होलमा भने बोगी खेपे । दोस्रो स्थानका सुवासले फ्रन्ट नाइनमा २ अन्डर ३४ र ब्याक नाइनमा १ अन्डर ३५ स्कोर जोडे ।
संयुक्त तेस्रो स्थानमा सूर्यप्रसाद शर्मा, कृष्णमान राजबाहक र चुडाबहादुर भण्डारी छन् । तीनै खेलाडीले २ अन्डर ७० स्कोर जोडेका छन् । संयुक्त छैटौंमा रामे मगर, विकास अधिकारी र एमेच्योर टाँकबहादुर कार्कीले १ अन्डर ७१ स्कोर बनाएका छन् ।
प्रतियोगितामा ४० व्यावसायिक र २० एमेच्योर गल्फरसहित कुल ६० जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सर्वाधिक पुरस्कार राशीको प्रिमियर प्रतियोगिताको विजेताले २ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ४० हजार तथा शीर्ष २४ व्यावसयिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी १२ लाख ६० हजार रहेको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]