7 years ago
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा एमेच्योर सुवास घिसिङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन अग्रता लिएका छन् ।

गोकर्ण गल्फ कोर्समा मंगलबार लगातार दोस्रो दिन तीन अन्डर ६९ को प्रदर्शन गरेपछि सुवास शीर्षस्थानमा पुगे । अघिल्लो दिन ४ अन्डर ६८ सहित शीर्ष स्थानमा रहेका जयरामले दोस्रो दिन इभन पार ७२ खेलेपछि सुवास अगाडी बढेका हुन् । सुवासको कुल स्कोर ६ अन्डर १३८ पुगेको छ ।
दोस्रो स्थानमा जयराम श्रेष्ठ र अर्का एमेच्योर शुक्रबहादुर राई २ स्ट्रोक पछि छन् । शुक्रले मंगलबार ६ अन्डर ६६ को उत्कृष्ट स्कोर प्रदर्शन गरे । जयराम र शुक्र दुवैको कुल स्कोर ४ अन्डर १४० को छ । चौथो स्थानमा ५ अन्डर ६७ को प्रदर्शन गरेका रमेश अधिकारीको कुल ३ अन्डर १४१ स्कोर छ । संयुक्त पाँचौमा भुवन नगरकोटी र धनबहादुर थापाको समग्र स्कोर २ अन्डर १४२ छ ।
प्रतियोगितामा ४० व्यावसायिक र २० एमेच्योर गल्फरसहित कुल ६० जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सर्वाधिक पुरस्कार राशीको प्रिमियर प्रतियोगिताको विजेताले २ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ४० हजार तथा शीर्ष २४ व्यावसयिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी १२ लाख ६० हजार रहेको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]