7 years ago
May 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । शुक्रले व्यावसायिक गल्फर भुवन नगरकोटीलाई १ स्ट्रोकले हराउँदै सिजनको दोस्रो उपाधि हात पारेका हुन् । भुवन उपाधिविहिन भएपनि नेपालका नम्बर १ गल्फर बन्न भने सफल रहे ।

बिहीबार गोकर्ण गल्फ कोर्षमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गर्दै समग्रमा ११ अन्डर २ सय ७७ स्कोरसाथ आफ्नो अघिल्लो दिनको अग्रता कायम राखे । भुवनले पनि ५ अन्डर ६७ कै प्रदर्शन गरे । उनी समग्रमा १० अन्डर २ सय ७८ को प्रदर्शन गर्दै व्यावसायिकतर्फ प्रथम भए । उनले २ लाख ३० हजार रुपैयाँ जिते । व्यावसायिकतर्फ दोस्रो स्थान हासिल गरेका विकास अधिकारीले १ लाख ४० हजार रुपैयाँ पाए । विकासले समग्रमा इभन पार २ सय ८८ स्कोर जोडेका थिए । एमेच्योरतर्फ ५ अन्डर २ सय ८३ स्कोर जोडेका सुवास तामाङ दोस्रा भए ।

टुरमा समग्रमा ६ लाख ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका भुवन नगरकोटी नयाँ नम्बर १ गल्फर बने । पछिल्ला ४ इभेन्टमा सहभगिता नजनाएका शिवराम श्रेष्ठ ४ लाख ६० हजार ५ सय रुपैयाँसहित दोस्रो वरीयतामा रहे । तेस्रो वरीयतामा विकास अधिकारीले ४ लाख ११ हजार ३ सय ३३ रुपैयाँ जिते । संजय लामा चौथो (३,८६,५००) र धनबहादुर थापा पाँचौ (३८१,१६७) भए ।

प्रतियोगितामा ४० व्यावसायिक र २० एमेच्योर गल्फरसहित कुल ६० जनाले प्रतिस्पर्धा गरिरहेका थिए । सर्वाधिक पुरस्कार राशीको प्रिमियर प्रतियोगिताको विजेताले २ लाख ३० हजार रुपैयाँ र उपविजेताले १ लाख ४० हजार तथा शीर्ष २४ व्यावसयिक खेलाडीले नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको कुल पुरस्कार राशी १२ लाख ६० हजार रहेको थियो । विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु पोद्दार, मार्केटिङ विभागका उपाध्यक्ष दिप्रा लहिरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र एनपीजीए सल्लाहकर घनश्याम थापा लगायतले पुरस्कृत गरे ।

December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]