7 years ago
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ जेठ दोस्रो साता आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नवौं संस्करणको म्याराथन जेठ ११ गते शनिबार हुने जानकारी गराए ।

पब्लिकेसन्सकै वार्षिकोत्सवको अवसरमा आयोजना गरिने भएपनि गत वर्षदेखि यसलाई छुट्टै विधाको रुपमा अघि बढाउने उद्देश्यले फरक दिनमा गतवर्षदेखि फरक मितिमा आयोजना गर्दै आएको पब्लिकेसनका सहायक महाप्रबन्धक महेश स्वाँरले जानकारी बताए । नेपाल एथलेटिक्स सघंको प्राविधिक सहयोगमा हुने हाफ म्याराथन (२१.१ किलोमिटर), ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौड हुनेछ । सबै विधामा गरी करिव ३५ सयले भाग लिने आयोजकले दावी गरेको छ ।
हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले हिरोको डुएट स्कुटरसहति समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले समान ३० हजार र तेस्रो हुनेले समान २० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो, पाँचौ र छैटौंले क्रमशः १०, ५ र ३ हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथन कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, जडीबुटी, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर सोही रुट फिर्ता हुदै कान्तिपुर पब्लिकेसनमा आएर सकिने छ ।
ह्विल चेयरतर्फको महिला र पुरुष विजेताले समान २० हजार, दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार प्राप्त गर्नेछन् । ह्विल चेयर दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।
कर्पोरेट–मिडियातर्फको विजेताले बैंककमा ३ रात र ३ दिनको तथा घुम्ने प्याकेज पाउनेछ । दोस्रो हुनेले पोखरामा २ रात ३ दिनको घुम्ने प्याकेज पाउनेछ । तेस्रोले माउन्टेन फ्लाइटको टिकट प्राप्त गर्नेछन् ।
कर्पोरेट–मिडिया दौड कान्तिपुर पब्लिकेसन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर पुन त्यहिँ बाटो फर्केर कान्तिपुर पब्लिकेशन थापाथली आएर टुंगिने छ ।
पब्लिकेसनका सहायक महाप्रबन्धक महेश स्वाँरले कान्तिपुर हाफ म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको दौड बनाउने लक्ष्य रहेको र त्यसका लागि एथलेटिक्स संघसँग छलफल अघि बढिरहेको जानकारी दिए ।
एथलेटिक्सका मुख्य प्रशिक्षक विक्रम जंग थापाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता हुने र दुरी पनि सोही अनुसार तय गरिएको बताए ।
प्रदुषणविरुद्ध चेतना फैलाउने मुख्य नारा बोकेको म्याराथनलाई सिटिजन्स बैंकले मुख्य प्रायोजन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिरो मोटरसाइकल, सिदार्थ बैंक, नेपाल एसविआई बैंक, एभरेस्ट बैंक र सुमेररु अस्पताल लगायतको साथ रहेको छ ।
कान्तिपुर हाफ म्याराथनका हालसम्मका सम्मका विजेताहरु:
२०६७– अर्जुन कुमार बस्नेत/कान्छीमाया कोँजु
२०६८– हरि कुमार रिमाल/बृन्दा श्रेष्ठ
२०६९– कल्याण बाँनिया/कान्छीमाया कोँजु
२०७०– अनिष थापामगर/कान्छीमाया कोँजु
२०७१– हरि कुमार रिमाल/विश्वरुपा बुढा
२०७२– गोपीचन्द्र पार्की/रेशु बस्नेत
२०७३– हरि कुमार रिमाल/कान्छीमाया कोँजु
२०७४/०७५ – हरि कुमार रिमाल/कान्छीमाया कोँजु
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]