default_image

7 years ago

May 21, 2019

भारतकी मेरी कोमसँग माला पराजित

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहटीमा जारी दोस्रो इन्डियन ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगितामा नेपाली माला राई भारतकी मेरी कोमसँग पराजित भएकी छिन् ।

मंगलबार भएको महिला ५१ केजी तौल समूहको खेलमा मेरी कोमले मालालाई ५-० ले पराजित गरिन् । नेपालकी माला राई सुरुवाती राउन्डदेखि नै रक्षात्मक रुपमा उत्रेकी थिइन् । माला घरेलु बक्सिङमा एपीएफबाट खेल्ने गर्छिन् । उनले आठौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी थिइन् । त्यसअघि राजधानीमा भएको गणेशमान बक्सिङमा भने उनले आफ्नो तौल समूहमा स्वर्ण हात पारेकी थिइन् ।

यसअघि ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी मेरी कोमले यसै प्रतियोगिताबाट ५१ केजीमा प्रतिस्पर्धा गर्न सुरु गरेकी हुन् । टोकियो ओलम्पिकमा ४८ केजी तौल समूह नहुने भएपछि मेरी कोमले आफूलाई नयाँ तौल समुहका लागि तयार गरेकी हुन् ।

नेपालका लागि महिला ६४ केजी तौल समूहमा आज नै पुनम रावलले भारतकी प्विलाओ बसुमत्रीको सामना गर्दैछिन् । महिला ५४ केजी समूहमा मिनु गुरुङले पनि प्रतिस्पर्धा गर्दैछिन् ।

नेपालबाट सोमबार भएको पहिलो दिनको खेलमा संगीता सुनार र चन्द्रकला थापा पराजित बाहेक थिए । संगीता ६० केजी तौल समूहमा भारतकी प्रिती बेनिवलसँग पराजित भइन् । चन्द्रकला ५७ केजी तौल समूहमा सोनिया लाथरसँग हारेकी थिइन् । पुरुषतर्फ सुरेन्द्र राईले थाईल्यान्डका चात्चाई देचासँग हार बेहोरे ।

नेपालबाट ११ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.