7 years ago
June 21, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार फरवार्ड नेयमार आफ्नै रहरले फ्रान्सेली क्लबमा आबद्ध भएको क्लबका अध्यक्ष नासेर अल खेलिफाले बताएका छन् ।

पछिल्लो समय क्लबसँग सम्बन्ध चिसिएको र अर्को सिजन उनी क्लबमा रहने वा नरहने भन्ने विषयमा चर्चा चलिरहँदा खेलिफाले यस्तो अभिव्यक्ति दिएका हुन् । पीएसजीले सन् २०१७ अगष्टमा २ सय २२ मिलियन युरो कीर्तिमानी ट्रान्सफर रकम तिर्दै उनलाई बार्सिलोनाबाट भित्र्याएको थियो । पीएसजीले यस सिजन नेयमारले क्लब छाड्न चाहेको खण्डमा उक्त रकमभन्दा केहि बढी प्रस्ताव गर्नुपर्ने माग राखेको छ ।
नेयमारले पीएसजीमा पछिल्लो समय लामो समय चोट र सहकर्मी खेलाडीसँग असमझदारीका कारण सुखद समय बिताउन सकेका छैनन् । पछिल्लो सिजन उनको जर्मन मिडफिल्डर जुलियन ड्राक्सलरसँग भनाभन परेको थियो । फ्रेन्च कप फाइनलपछि प्रेस्नेल किम्पेम्बे र अल्फोन्स एरिओलासँग पनि उनले बाझेको खबर निस्किएको थियो । यसैबीच क्लबका अध्यक्ष खेलिफाले अबका दिनबाट क्लबले अनुशासनमा थप कडाइ लगाउने बताएका छन् ।

‘क्लबमा आउने सबैलाई एउटै नियम लागु हुने हो । क्लबको लागि खेलेपछि यसको इज्जत गर्न जान्नुपर्छ । नेयमारलाई यहाँ आउँदा क्लबको भावी योजनाबारे राम्रो जानकारी थियो,’ उनले थपे, ‘ उनलाई यहाँ कसैले जबर्जस्ती गरेर ल्याएको होइन । उनले आफैं पीएसजीको योजना बुझेर क्लबसँग जोडिने चाहना व्यक्त गरेका थिए ।’
नेयमारले क्लब छाड्ने हल्ला चलिरहँदा अर्का युवा फरवार्ड किलियन एम्बाप्पे भने पीएसजीमै रहने पक्का भएको छ । नेयमार चोटका कारण कोपा अमेरिकाबाट बाहिरीएपछि अहिले विश्राममा छन् । उनले अर्को सिजन कहाँबाट खेल्छन् भन्ने टुंगो लागेको छैन । पीएसजीले उचित रकमको प्रस्ताव आएमा उनलाई अन्यत्र जान दिने बुझिएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]