default_image

6 years ago

July 18, 2019

महिला टोलीको कप्तानका ५ दाबेदार!

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाल भलिबल संघले नियमित कप्तान विनिता बुढाथोकी र उप–कप्तान मन्जु गुरुङलाई टिम बाहिर राख्दै २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्यो ।

संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले गत १४ जेठमा नेपाल भलिबल संघलाई २५ सदस्यीय प्रारम्भिक टोलीको नामावली पठाएको थियो । कप्तान र उप–कप्तान मात्रै टिम बाहिर नभई केही स्टार खेलाडीहरुनै टिम बाहिर रहेपछि नेपाली भलिबल वृत्तमा मात्रै नै नभई समग्र नेपाली खेलकुद नै तरङ्गित बन्न पुग्यो ।

केही खेलाडीहरुले विनिता र मन्जु गुरुङलाई आसन्न साफ गेम्ससम्म राखेर स–सम्मान बिदाई गरिनुपर्ने धारणा राखे । केहीले भलिबलमा यति लामो समय गरेको योगदानलाई कदर गर्न नसकेको भन्दै खेलेर केही नहुने अड्कल समेत काटे । अब कप्तान विनिता र उप–कप्तान मन्जु टिममा समावेश हुने कुनै सम्भावना नै छैन । नेपाल भलिबल संघले कप्तान विनिता र उपकप्तान मन्जुलाई स–सम्मान बिदाई गर्ने बताएका छन् ।

अब नेपाली महिला भलिबल टोलीको कप्तान को होला भन्ने विषयमा चौतर्फी कौतुहलता छाएको छ । यस्तोमा अब नेपाली महिला भलिबल टोलीले नयाँ कप्तान र उपकप्तान पाउने पक्का छ । यसबीचमा हामीले प्रारम्भिक चरणमा रहेका २५ मध्ये ५ खेलाडीलाई सम्भावित कप्तानको रुपमा प्रस्तुत गरेका छौं ।

अरुणा शाही (गण्डकी प्रदेश)

अरुणा शाही गण्डकी प्रदेशकी मात्रै नभई नेपाली राष्ट्रिय टोलीकी भरपर्दी खेलाडी हुन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् । उनले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् । अरुणा सिनियरको आधारमा पनि कप्तान बन्ने बलियो सम्भावना छ ।

कमला पुन (पुलिस)

राष्ट्रिय टोलीका पुराना खेलाडीमध्ये कमला पुन पनि एक हुन् । घुँडाको चोटका कारण कमला विश्रामपछि भर्खर मैदान फर्किएकी छिन् । राष्ट्रिय टोली र विभागीय नेपाल पुलिस क्लबबाट यसअघि लिवेरोको भुमिका खेलिरहेकी उनले दुई वर्षअघिदेखि आफ्नो पोजिसन बदलेर सेटर (लिफ्टर) को भुमिकामा खेलिरहेकी छिन् । २०१४ मा माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनले करिव एक दर्जन खेल खेलिसकेका छन् । उनलाई पनि अबको राष्ट्रिय टोलीको सम्भावित कप्तानको रुपमा हेरिएको छ ।

सरस्वती चौधरी (एपीएफ)

सरस्वती चौधरी नेपाली टोलीको महत्वपुर्ण सदस्य हुन् । ओपन स्पाइकर उनको उच्च प्रर्दशनमा एपीएफले घरेलु भुमिमा भएका सबै प्रतियोगिता जित्न सफल भएको छ । उनकै उच्च प्रदर्शनमा नेपालले काठमाडौंमै आयोजना भएको साउथ एसियन आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा दोस्रो र भारतको गुहावटीमा भएको दक्षिण एसियाली खेलकुदमा कास्य जित्न सफल भएको थियो । उनले पनि २०१४ मै माल्दिभ्ससँगको खेलबाट राष्ट्रिय टोलीका ‘डेब्यु गरेका थिइन् । उनलाई पनि राष्ट्रिय टोलीको सम्भावित कप्तानको रुपमा हेरिएको छ ।

प्रतिभा माली (न्यु डायमन्ड)

प्रतिभा माली नेपाली महिला भलिबलकी सबैभन्दा ठुला नाम हुन् । ओपन स्पाइकर प्रतिभा एक्लैले टिमलाई जिताउन सक्ने क्षमता राख्दछिन् । १३ वर्षको उमेरमै २०१४ मा माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्दै कान्छी खेलाडी बन्दै सनसनी मच्चाएकी प्रतिभा त्यसयता राष्ट्रिय टोलीको नियमित सदस्य छिन् । खेलको आधारमा हेर्ने हो भने उनमा कप्तानी गर्ने क्षमता छ । उनले पनि राष्ट्रिय टोलीबाट करिब १ दर्जन प्रतियोगिता खेलिसकेकी छन् ।

रेश्मा भण्डारी (एपीएफ)

माल्दिभ्ससँगको खेलबाटै राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका ब्याक स्पाइकार उनी त्यसयता टोलीको नियमित सदस्य छिन् । उनलाई पनि राष्ट्रिय टोलीको सम्भावित कप्तानको रुपमा हेरिएको छ ।

यसबाहेक सिनियरको आधारमा हीरा केसी र उषा विष्ट पनि छन् ।

प्रारम्भिक टोलीः
प्रतिभा माली – प्रदेश ३
सरस्वती चौधरी – एपीएफ
अरुणा शाही – गण्डकी प्रदेश
कमला पुन – पुलिस
हिरा केसी – एपीएफ
उषा विष्ट – एपीएफ
रेश्मा भण्डारी – एपीएफ
जानकी भण्डारी – आर्मी
सुनिता खड्का – आर्मी
पुनम चन्द – पुलिस
सोफिया पुन – आर्मी
कविता भट्ट – एपीएफ
निरुता ठगुन्ना – आर्मी
शान्ति थारु – आर्मी
उषा भण्डारी – पुलिस
संगम महतो – आर्मी
ममता डगौरा – गण्डकी प्रदेश
लक्ष्मी कुमाल – गण्डकी प्रदेश
पुष्पा शाही – कर्णाली प्रदेश
आरती सुवेदी – प्रदेश ३
चन्द्रकला खरेल – पुलिस
सरस्वती कट्टेल – प्रदेश ५
सलिना श्रेष्ठ – प्रदेश ३
शान्ति तामाङ – पुलिस
यामकली कुँवर – गण्डकी प्रदेश

महिला टोलीको प्रशिक्षणको तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.