default_image

6 years ago

July 19, 2019

भारतसँगको मैत्रीपूर्ण खेल रद्ध

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पुरुष भलिबल टोली र भारतको राष्ट्रिय भलिबल टोलीबीच साउन दोस्रो सातालाई तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाल र भारतबीचको तीन मैत्रीपूर्ण खेल रद्ध भएको हाम्रो खेलकुदलाई जानकारी गराए । यसअघि नेपालले साउन ९, १० र ११ गते तीन दिन भारतसँग आर्मीको कभर्डहलमा मैत्रीपुर्ण खेल खेल्ने तय भएको थियो ।

भारतीय भलिबल संघले टोली अहिले एसियन भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा प्रशिक्षणमा रहेकाले पठाउन नसकिने जानकारी पठाएको महासचिव चन्दले बताए । ‘नेपाल भलिबल संघको निमन्त्रणालाई स्वीकार्दै भारतीय टोली मैत्रीपुर्ण खेलका लागि आउने बताएको थियो । तर, उनीहरुले मैत्रीपूर्ण खेलका लागि टिकट काटिसकेको अवस्थामा आएर पनि आउन नसकिने सन्देश पठाए,’ महासचिव चन्दले बताए ।

महासचिव चन्दले अब तत्काल कुनै पनि टोलीसँग मैत्रीपुर्ण खेल खेल्ने तय नभएको र केही समयपछि कुनै एक राष्ट्रसँग खेल हुने सम्भावना कायम रहेको जानकारी गराए । भारतको राष्ट्रिय पुरुष भलिबल टिम आगामी बुधबार काठमाडौं आउने कार्यक्रम तय भएको थियो । एसियन मेन्स भलिबल च्याम्पियनसिप इरानमा सेप्टेम्वर १३ देखि २१ सम्म आयोजना हुदैछ । भारत समूह ‘सी’ मा रहेको छ । भारत रहेको समूहमा काजकस्तान, चीन र ओमान रहेका छन् ।

नेपाली टोली नेपालले ३२ साउनबाट ८ भदौंसम्म सञ्चालन हुने एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको तयारीमा छ । नेपाली टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिईरहेका छन् । च्याम्पियनसिपमा नेपालसहित तुर्कमेनिस्तान, किर्गिस्तान, उज्बेकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहने छ ।

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौंले १ सय ११ रन बनाएको थियो। सुदुर फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित ह्याट्रिक विकेट लिंदा शेर मल्ल र […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

December 13, 2025

फाइनलमा सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीले आज प्लेइङमा एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिथको स्थानमा मोभिन सुभासिंहालाई मौका दिइएको छ। सुदूरपश्चिमले आज २ परिवर्तन गरेको […]

Success

Thank you for your time.