6 years ago
August 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधुम्न सिम्खडाले गोकर्ण गल्फ क्लबमा जारी सुर्य नेपाल मन्थ्ली मेडल अन्तर्गत पाँचौ संस्करणको उपाधि जितेका छन् । १९ ह्यान्डीक्यापका सिम्खडाले ११ अन्डर ६१ को नेट स्कोर जोड्दै उपाधि जितेका हुन् ।

दोस्रो स्थानका फिन्त्सो ओङदीले नेट स्कोर ४ अन्डर ६८ तथा तेसोर स्थानका पूर्णबहादुर राईले ३ अन्डर ६९ नेट स्कोर जोडे । टासी दोङले २ अन्डर ७० ग्रास स्कोर जोड्दै उत्कृष्ट ग्रास स्कोरको उपाधि जिते । जुनियरतर्फ १ अन्डर ७१ नेट स्कोरसहित सद्भाव आचार्य च्याम्पियन बने ।
किल ३९ गल्फर सहभागी प्रतियोगिताको मुख्य प्रायोजक सूर्य नेपाल प्रालि रहेको छ । क्लबका अध्यक्ष सुहृद घिमिरेले विजयी खेलाडीलाई पुरस्कृत गरे । प्रतियोगिता स्ट्रोक प्ले फर्म्याटमा फुल ह्यान्डीक्यापमा खेलाइएको थियो ।
डिसेम्बरसम्म १० संस्करणमा हुने यस क्लब प्रतियोगिताको शीर्ष १० स्कोर गर्ने नेटतर्फका खेलाडी, शीर्ष ५ ग्रास र शीर्ष ५ जुनियर खेलाडीले अंक प्राप्त गर्नेछन् । त्यसपछि अंकका आधारमा नेटतर्फ शीर्ष ४०, ग्रासतर्फ शीर्ष १० र जुनियरतर्फ शीर्ष ५ के अर्को दुई चरण खेल्नेछन् । अन्तिम दुई चरण जनवरी र फेब्रुअरी २०२० मा हुनेछ ।
हालसम्म नेटतर्फ प्रधुम्न सिम्खडाले १ सय ७० अंक जोड्दै शीर्ष स्थानमा छन् । ग्रसतर्फ शीर्षस्थानका वाङचेन धोंदुपको ३ सय ३५ अंक छ । जुनियरतर्फ सद्भाव आचार्यले ४ सय अंक जोड्दै दोब्बर अग्रता कायम गरेका छन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]