default_image

6 years ago

August 13, 2019

अफगानिस्तानको टोली नेपाल आइपुग्यो

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनयिसपमा भाग लिने अफगानिस्तानको भलिबल टोली मंगलबार नेपाल आइपुगेको छ । नेपाली भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि अफगानी टोली एक साता अघि नै नेपाल आइपुगेको हो । नेपाल र अफगानिस्तानबीच बुधबार र बिहीबार दुईवटा अभ्यास खेल हुनेछ ।

भारतमा रहेको अफगानिस्तनको टोली मंगलबार बिहान ९ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो । विमानस्थलमा अफगानिस्तानको १८ सदस्यीय टोलीलाई संघकी उपाध्यक्ष निरोज मास्के, सदस्य ज्योति केसी, रिता कोइराला लगायतले स्वागत गरेका थिए ।

टोलीका प्रशिक्षक मोहमद युसुफ सादेकले अफगानिस्तान उपाधि जित्ने लक्ष्य लिएर नेपाल आएको बताए । ‘हाम्रो लक्ष्य उपाधि जित्नु नै हो । हामीले राम्रो तयारी गरेका छौं । भारतमा प्रशिक्षण क्याम्पपछि नेपालसँगै मैत्रीपूर्ण खेलले सहयोग गर्नेछ,’ उनले भने । अफगानी टोलीका कप्तान अोमिद जद्रानले पनि नेपालमा नेपाली टोलीलाई हराएर उपाधि जित्न तयार रहेको बताए ।

इम रानाको कप्तानीमा नेपालले सोमबार मात्र १४ सदस्यीय भलिबल टोलीको घोषणा गरेको थियो । जसमा पहिलो पटक तीन खेलाडी सेमेटिएका छन् ।

भदौ २ गते देखि लगनखेलस्थित आर्मीको कभर्ड हलमा हुने च्याम्पियनसिपमा नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । यहि च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबल प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो ।

यसपटक नेपाली टोली उक्त सफलतालाई सुधार गर्नेलक्ष्यसहित प्रशिक्षणमा छ । टोलीको प्रशिक्षण डच प्रशिक्षक हान एबिङले सम्हालेका छन् । नेपाली टोलीले असार पहिलोसाताबाट नियमत प्रशिक्षण गरिरहेको छ । च्याम्पियनसिपको च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले गर्नेछ ।

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौंले १ सय ११ रन बनाएको थियो। सुदुर फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित ह्याट्रिक विकेट लिंदा शेर मल्ल र […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

December 13, 2025

फाइनलमा सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीले आज प्लेइङमा एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिथको स्थानमा मोभिन सुभासिंहालाई मौका दिइएको छ। सुदूरपश्चिमले आज २ परिवर्तन गरेको […]

Success

Thank you for your time.