6 years ago
August 30, 2019
एजेन्सी – युवा सनसनी केलियन एमबाप्पेलाई टोलीबाट बाहिर राख्दै फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले २०२० मा आयोजना हुने युरोकप छनोटको दुई खेलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

एफएफएफले अल्वानिया र एण्डोराविरुद्धको खेलको लागि युवा स्टार एमबाप्पे र एङ्गोलो कान्टेलाई चोटका कारण टोलीमा समेटेको छैन । एमबाप्पेले टोलुसविरुद्ध ४–० को जित निकालेको खेलमा चोट बोकेका थिए । कान्टेले युरोपा लिगमा आर्सनलविरुद्धको फाइनलमा चोट बोकेका थिए ।
कान्टे प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलबाट टोलीमा पुनरागमन गरेपनि उनी पुर्ण रुपमा फिट छैनन् । यस्तै स्पेनिस क्लब बार्सिलोनाका औसमाने डेम्वेले पनि चोटकै कारण टोली बाहिर छन् ।
एलेक्सजेन्डर लाकाजेट र एन्थोनी मार्सियल पनि टिममा छैनन् । म्यानचेस्टर सिटीका डिफेन्डर एम्रिक लापोर्टेले दुई वर्षपछि टिममा स्थान बनाउन सफल भएका छन् । फ्रान्सले छनोट अन्तर्गत सेप्टेम्बर ७ मा अल्वानिया र १० मा एण्डोरासँग खेल्नेछ ।
फ्रान्स टिम:
गोलरक्षकः अल्फान्सो आरेओला, ह्युगो लोरिस, माईक मैग्नन
डिफेन्डरः लुकास डिग्ने, एम्रिक लापोर्टे, राफायल भराने, लियो डुबोइस, क्लेमेन्ट लिङ्लेट, कुर्ट जौमा, लुकास हर्नान्डेज, बेन्जामिन पाभार्ड
मिडफिल्डरः ब्लेईस माटुईडी, स्टेभेन एनुजोनजी, मौसा सिसोको, कोर्टिन टोलिस्सो, पाउल पोग्बा
फरवार्डः विसम विन एडर, किङ्सले कोम्यान, नविल फेकिर, ओलिभर जिरुउड, एन्टोनियो ग्रिजम्यान, जोनाथन इकोने र थोमस लेमार
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]