6 years ago
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ छनोटमा शतप्रतिशत जित निकाल्दै नेपालमा आसन्न मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेवलटेनिसबाट छनोट भएकी छन् ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म चलेको छनोटमा महिला र पुरुषमा समान ५–५ गरी १० खेलाडी छनोट भएको हो । महिलामा नवितासहित ५ खेलाडी रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छनोट भइन् ।
पुरुषतर्फ विनेश खनिया, पुरुषोत्तम बज्राचार्य, शिव सुन्दर गोथे र संयोग कपाली छनोट भए । राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई अर्काे एक मौका दिइएको नेपाल टेबल टेनिस संघले जनाएको छ । स्यान्टु गत बुधबार सवारी दुर्घटनामा परेका थिए । उनको अहिले उपचार भइरहेको छ । स्यान्टुलाई रिकभरको लागि ४० दिनको समय दिइएको र त्यसपछि छनोटमा पाँचौ स्थानमा रहेका सुनिल महर्जनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जित्नेले सागको टोलीमा समावेश हुने संघले जनाएको छ ।

छनोटमा अपराजित रहेकी नविताले सोनु थापामगर, रविना महर्जन, एलिना महर्जन, स्वेच्छा नेम्वाङ, दीक्षा दाहाल, दीक्षा तामाङ, सेलिसा खड्गी, गीता भुजेल र सिक्का सुवाललाई पराजित गरिन् ।
रविनाले सोनु थापामगर, एलिना महर्जन, दीक्षा दाहाल, दीक्षा तामाङ, सेलिसा खड्गी, गीता भुजेल र सिक्का सुवाललाई पराजित गर्दा नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङसँग पराजित भइन् । दीक्षाले सोनु, एलिना, स्वेच्छा, दीक्षा दाहाल, गीता र सिक्का सुवाललाई पराजित गर्दा नविता श्रेष्ठ, रविना महर्जन र सेलिसासँग पराजित भइन् ।

एलिना महर्जनले दीक्षा दाहाल, सेलिसा खड्गी, गीता भुजेल र सिक्का सुवाललाई पराजित गर्दा सोनु थापामगर, नविता श्रेष्ठ, रविना महर्जन र दीक्षा तामाङसँग पराजित भइन् । सिक्काले सोनु थापा मगर, एलिना महर्जन, दीक्षा दाहाल, सेलिसा खड्गी र गीता भुजेललाई पराजित गर्दा नविता, रविना, एलिना र दीक्षा तामाङसँग पराजित भइन् ।
पुरुषतर्फ विनेशले छनोटमा ८ मध्ये ७ खेलमा जित हात पारे । उनले प्रदीप रोका, मणि लामा, सुनिल महर्जन, पुरुषोत्तम बज्राचार्य, कृष्ण थापामगर, र संयोग कपाली र शिव सुन्दर गोथेलाई पराजित गरे । उनी चन्दन शाहीसँग पराजित भएका थिए ।

पुरुषोत्तम बज्राचार्य विनेशसँग मात्रै पराजित भए । शिव सुन्दर सुनिल महर्जन, पुरुषोत्तम बज्राचार्य र विनेशसँग पराजित भए । संयोग कपाली मणि लामा, शिव सुन्दर सुनिल महर्जन, पुरुषोत्तम बज्राचार्य र विनेशसँग पराजित भए । छनोटको पाँचौमा रहेका सुनिल महर्जनले मणि लामा, पुरुषोत्तम बज्राचार्य र विनेश खनिया र संयोग कपालीसँग हार बेहोरे ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]