default_image

5 years ago

September 30, 2019

तेक्वान्दो संघका महासचिव गुरुङ भुटानतर्फ

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश तेक्वान्दो खेलका बारेमा छलफल गर्नका लागि नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ भुटान प्रस्थान गरेका छन् ।

१३ औं सागमा तेक्वान्दोको व्यवस्थापन र आवश्यक छलफलका लागि गुरुङ भुटान गएको संघले जनाएको छ । नेपालमा आयोजना भएको आठौं सागमा ग्योरोगी (फाइट ) मात्र समावेश थियो ।

यस पटकका सागमा भने पहिलो पटक ग्योरोगीसहित पुम्से विधा पनि समावेश गरिएको छ । पुम्सेको सहभागिताका लागि वातावरण निर्माण गर्नका लागि गुरुङ त्यसतर्फ गएको बताइएको छ । सोहि विषयका लागि असोज ३ गते गुरुङ बंगलादेश गएका थिए ।

December 11, 2024

लुम्बिनीको एनपिएल : अक्सनमा सफल, मैदानमा असफल

भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 11, 2024

लगातारको तेस्रो जितपछि हेल्प नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिपटप हेल्प नेपाल लगातारको तेस्रो खेलमा जितमा निकालेपछि एक खेल अगाडि नै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधवार भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ ले हराउँदै लगातारको तेस्रो जित दर्ज गरेको हो। लिग चरणको अन्तिम खेल खेलिरहेको एचडिसीलाई सेमिफाइनलमा […]

Success

Thank you for your time.