6 years ago
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले पहिलो अभ्यास खेलमा जित हात पारेको छ ।
थाइल्यान्डको बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी डेबलपमेन्ट सेन्टरमा शुक्रबार भएको पहिलो अभ्यास खेलमा जरानसानिवोङ युमाथि ३–१ को जित हात पारेको हो ।
नेपालले बैंकक युनिभर्सिटी बिहीबारै खेल्ने तालिका रहेको थियो । तर, उक्त खेल हुन सकेन ।
पहिलो सेट सहजै २५–१५ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट नेपालले २५–१९ र २५–१६ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।
नेपाली टोली प्रथम एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप र १३औं साग लागि प्रशिक्षणमा रहेको छ । सोही प्रतियोगिताको थप प्रशिक्षण र अभ्यास खेलका लागि नेपाली टोली गत बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो । नेपालले अब दोस्रो अभ्यास खेल आइतबार खेल्ने टिम व्यवस्थापका रिता कोइरालाले जानकारी गराइन् ।
टोलीले दैनिक दुई समयमा (बिहान र साँझ) प्रशिक्षण गरिरहेको छ । त्यहाँको प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली सेन्ट्रल जोनका लागि बंगलादेश प्रस्थान गर्नेछन् । सेन्ट्रल जोन ढाकामा २२ कात्तिकदेखि २७ सम्म आयोजना हुदैछ । त्यसपछि नेपाली टोली १३औं सागको तयारीमा जुट्नेछ । १३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]