default_image

6 years ago

October 31, 2019

साग तयारीलाई भारोत्तोलन टोली उज्वेकिस्तान जाने

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई नेपाली भारोत्तोलन टोली शुक्रबार उज्वेकिस्तानको तास्केन जाने भएको छ ।

१२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । पुरुष खेलाडीमा पुकार गुरुङ, सन्देश गुरुङ, दिनेश कार्की, प्रकाश केसी, राजु चौधरी र तुलाराम महतो रहेका छन् ।

महिलामा अस्मिता राई, मनकुमारी कुमाल, राजलक्ष्मी थापा, कमला श्रेष्ठ, संगीता राई र करिना चौधरी छन् । प्रशिक्षकमा दिनेश भुजेल र सकिल अहमद तथा व्यवस्थापकमा रुद्रबहादुर न्यौपाने रहेका छन् । तास्केनमा टोली २२ दिनसम्म प्रशिक्षणमा रहने नेपाल भारोत्तोलन संघका सचिव तिलक राउतले जनाएका छन् ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.