6 years ago
November 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा स्वर्णको बलियो दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप) को कभर्डहलमा साँझ ५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा बंगलादेशमाथि ३–० को सहज जित पाएको नेपाल आफ्नो दोस्रो खेलमा पनि भारतलाई पराजित गर्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । नेपाली टोली पछिल्लो ६ खेलमा १ सेट पनि नगुमाइकन अपराजित रहन सफल भएको छ ।
त्यसैले नेपालको अग्निपरीक्षा भारतविरुद्धको खेलमा हुनेछ । यही खेलले नै नेपालको स्वर्णको सम्भावना केलाउनेछ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । पछिल्ला ६ खेलमा नेपालले बंगलादेश र माल्दिभ्सलाई समान २–२ पटक तथा किर्गिस्तान र अफगानिस्तानलाई १–१ पटक पराजित गरेका छन् ।
थाइल्यान्डमा प्रशिक्षणमा क्रममा सात अभ्यास खेल खेल्दा ४ मा जित र ३ मा हार बेहोरेको थियो । पछिल्ला खेलमा अपराजित रहेकाले पनि नेपाल घरेलु कोर्टमा घरेलु समर्थकमाझ भारतलाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

भारतविरुद्ध ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरी, मिडल ब्लकर सुनिता खड्का, साफिया पुन, उषा कुमारी विष्ट, हीरा केसी, ब्याकमा रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा भण्डारी र लिवेरोमा सलिना श्रेष्ठ रहनेछन् । सेटरमा कप्तान अरुणा शाही नै रहनेछिन् ।
तर, स्वर्णको बलियो दावेदार भारतविरुद्धको खेल नेपालका लागि सहज हुने छैन । सागमा महिला भलिबलमा भारले लगातार स्वर्ण जित्दै आइरहेको छ । नेपाल कास्यभन्दा अघि बढ्न सकेको छैन । दक्षिण एसियामा भारत र श्रीलंका बलियो टोलीको रुपमा रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]