6 years ago
November 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा समाप्त भएको छ । शुक्रबार समूहको अन्तिम खेलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भारतविरुद्ध पहिलो सेटको सुरुवाती समय केहि प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि नेपालले लामो समय त्यसै स्तरलाई निरन्तरता दिन सकेन । अग्ला कदका खेलाडी सम्मिलित भारतीय टोलीले नेपालमाथि लगातार दवाव राख्दै २५-१५ ले पहिलो सेट आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा नेपालले लगातार अंक गुमाउँदा २५-१३ को हार बेहोर्यो ।
तेस्रो सेटमा भने नेपालले सुरुवाती समयमा कडा टक्कर दिएपनि २५-१६ ले अन्तिम सेट गुमायो । यस जितसँगै भारत समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल भने लगातार दोस्रो हारसँगै १ अंक जोड्दै सेमिफाइनल पुग्नबाट बन्चित भयो । बंगलादेश भने नेपालविरुद्ध जितबाट हासिल गरेको २ अंकको मदतले सेमिफाइनलमा स्थान पक्का गर्न सफल रहयो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]