6 years ago
November 29, 2019
काठमाडैं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं साग अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंका प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेता हो ।

बुधबार श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि श्रीलंका एक खेलबाटै समूह विजेता बनेको हो । एकपक्षीय खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१५, २५–१८ र २५–१४ को सोझो सेटमा जित निकाल्यो । समूह ‘बी’ मा पाकिस्तान नआएपछि दुवै टोलीे वाकओभरबाट ३ अंक पाएको थियो ।
शनिबार हुने सेमिफाइनलको पहिलो खेलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता माल्दिभ्सबीच साँझ ५ बजे खेल हुनेछ । दोस्रो सेमिफाइनलमा नेपाल र श्रीलंकाबीच साँझ ७ बजे खेल हुनेछ । भारतले प्रतियोगिताको दुवै खेल सोझो सेटमा जित्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । यता अर्को समूहमा पाकिस्तान सहभागी नहुँदा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्न सफल भयो ।
पुरुषतर्फ भने नेपाल प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । नेपाल रहेको समूह ‘ए’ बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बने । पुरुषतर्फ अर्को समूहमा श्रीलंका र पाकिस्तानले माल्दिभ्सलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका छन् । अब यी दुई विजयी टोलीबीच आइतबार हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]