6 years ago
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गरि रहेको छ ।

त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा जारी खेलमा नेपाल ऐतिहासिक फाइनल नजिक पुगेको छ । पहिलो सेट २५-१४ ले जितेको नेपालले दोस्रो सेटमा २५-१८ सहज जित निकालेको छ । तेस्रो सेटमा जित हात पारे नेपाली महिला टोली पहिलो पटक सागको फाइनलमा पुग्ने छ । फाइनलसँगै रजत पदक पक्का पनि पक्का हुने छ । जुन नेपाली महिला भलिबलको लागि हालसम्मकै ठूलो सफलता हुने छ ।
नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हुन् । यस खेलको विजेताले स्वर्ण पदकको लागि भारतसँग मंगलबार प्रतिस्पर्धा गने छ । भारतले पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगि सकेको छ ।

आज पराजित हुने टोलीले कास्य पदकको लागि सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ । सागमा नेपालले यस अघि तीन पटक कास्य पदक जितेको छ । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]