6 years ago
November 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले सोमबार भारतविरुद्ध हुने फाइनल खेलमा स्वर्ण पदकको लागि नै प्रतिस्पर्धा गर्ने बताएकी छिन् ।

नेपालले शनिबार सेमिफाइनलमा साविक उपविजेता श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपाल दक्षिण एसियाली स्तरको सागको फाइनलमा प्रवेश गरेको यो नै पहिलो अवसर हो । यसअघि नेपाल सागमा तीन पटक कांस्य पदकमा सिमित हुँदै आएको थियो । ऐतिहासिक जित हासिल गर्ने क्रममा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
खेलपछि बोल्दै कप्तान अरुणाले श्रीलंकाले उत्कृष्ट प्रदर्शन गरेपनि आफूले राम्रो प्रदर्शन गर्न सकेको बताइन् । ‘ हामीले निकै राम्रो प्रदर्शन गर्यौं । तुलना गर्ने हो भने श्रीलंकाले पछिल्लो खेलभन्दा राम्रो खेलेको हो । तर हामी श्रीलंकालाई फेस गर्न तयार थियौं । हाम्रो टोलीले निकै राम्रो प्रदर्शन गरेको हो,’ उनले भनिन् ।
कप्तान अरुणाले नेपालले अब फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताइन् । ‘ हामीले फाइनल पुगेर इतिहास त रचेका छौं । तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । त्यसका लागि हामीले लामो तयारी गरेका छौं । टोलीका सबै खेलाडीको मनोबल पनि उच्च छ,’ उनले थपिन् ।

समूह चरणमा हार बेहोरेपनि त्यसलाई बिर्सेर टोलीले अझ राम्रो प्रदर्शन गर्न तयार रहेको अरुणा बताउँछिन् । ‘ हामीले भारतसँग समूह चरणमा केहि दवाव लिएर खेल्यौं । अब फाइनलमा हामीलाई कुनै किसिमको दवाव हुने छैन । हामीले विना कुनै चिन्ता खुलेर खेल्नेछौं र भारतलाई पराजित गर्नका लागि नै खेल्नेछौं,’ उनले भनिन् ।
अरुणाकै कप्तानीमा नेपाल केहि साताअघि एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । नेपाललाई अन्तर्राष्ट्रिय भलिबलमा पहिलो उपाधि दिलाएको टोलीले सागको फाइनलमा पुगेर अर्को इतिहास रचेको छ । नेपालले अब भारतविरुद्ध सोमबार फाइनल खेल्नेछ । कम्तिमा रजत पदक पक्का भएको नेपालले इतिहास रचिसकेको छ ।
यो पनि : ऐतिहासिक जितसँगै नेपाल फाइनलमा
यो पनि : कप्तानीमा अरुणाको स्वर्ण सुरुवात
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]