6 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन आज (सोमबार) विभिन्न १२ खेलको प्रतिस्पर्धा हुँदैछ । सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औं सागको औपचारिक उद्घाटन गरेकी थिइन् । सोमबार तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा तथा अन्य खेल काठमाडौंमा हुनेछ ।
कराते
साग अन्तर्गत कराते सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको नवनिर्मित कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सोमबार ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
तेक्वान्दो
सागमा नेपालले सर्वाधिक स्वर्णको आशा गरेको तेक्वान्दो सोमबार सुरु हुँदैछ । सातदोबाटोस्थित तेक्वान्दो हलमा खेल बिहान ९ बजेबाट सुरु हुनेछ । तेक्वान्दोमा सोमबार सर्वाधिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
टेबल टेनिस
टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।
टेनिस
लन टेनिसको प्रतिस्पर्धा सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ । बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ । पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दैछ ।
उसु
उसुका खेलहरु लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।
गल्फ
साग अन्तर्गत गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ ।
पुरुष फुटबल
पुरुष फुटबलमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र भुटानबीच दिउँसो १ बजे तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंकाबीचको खेल साँझ ५ बजे हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछ ।
भलिबल
भलिबलमा सोमबार महिला र पुरुष दुवै स्पर्धामा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ बंंगलादेश र श्रीलंका तथा महिलामा श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा २ बजे र ४ बजे हुनेछ ।
खो-खो
खो खोमा दोस्रो दिन पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच कीर्तिपुरको नयाँ बजारमा प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेश बिहान ९ बजे र नेपाल र भारत बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन् । महिला स्पर्धामा नेपाल र भारत बिहान ११ बजे र श्रीलंका र बंगलादेश मध्यान्न १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।
ब्याडमिन्टन
पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार पुरुष टिम इभेन्टस र महिला टिम इभेन्टसको सेमिफाइनल खेल हुँदैछ । नेपालले सेमिफाइनलमा श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ । नेपालको लागि पुरुष टिम इभेन्टमा दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्नेछन् । महिलाटमा रसिला महर्जन, नङ्शलदेवी तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन् । सेमिफाइनलको खेल पोखरा रंगशालाको कभर्ड हलमा बिहान १० बजे सुरु हुनेछ ।
महिला क्रिकेट
पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ । पोखरा रंगशालामा हुने खेल बिहान ११ बजे सुरु हुनेछ । यस खेल नेपाली महिला क्रिकेट टिमका लागि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय खेल समेत हुनेछ । ट्रायथलन
पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुनेछ । सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]