default_image

6 years ago

December 2, 2019

सिनाले दिलाइन् तेक्वान्दोमा दोस्रो स्वर्ण

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो र समग्रमा नेपालको लागि पाँचौ स्वर्ण पदक जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते । त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भए । उक्त स्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका थिए ।

त्यसअघि पुरुष २३ देखि २९ वर्षको उमेर समूहमा कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् । भारतका राहुलले ८.२०० अंक लिए । श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे ।

त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर‌ समूहमा रजत जिते । उनले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जिते । भारतका लाल्थला मुआनपुआ ८.०९० अंक सहित तेस्रो भए ।

यो पनि पढ्नुहोस् :

 

ट्रायथोलनमा सोनीलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४ पुग्यो

महिला टिम कातामा नेपाललाई स्वर्ण

तेक्वान्दोमा कमललाई स्वर्ण

मन्डेले दिलाए नेपाललाई पहिलो स्वर्ण

 

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

Success

Thank you for your time.