6 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले करातेमा अर्को स्वर्ण पदक जितेको छ । नेपाली पुरुष काता टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कराते अन्तर्गत टिम कातामा स्वर्ण पदक जितेको हो । सातदोबाटोस्थित कराते हालमा एकल कातामा स्वर्ण जितिसकेका मण्डेकाजी श्रेष्ठसहित प्रविण मानन्धर र महसुस तामाङको टोली स्कोर गर्दै पहिलो स्थान प्राप्त गरेको हो । नेपालको यो छैटौं स्वर्ण पदक हो ।

नेपालले फाइनलमा श्रीलंकालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो। यस्तै श्रीलंकाले २५.२८ अंकले पराजित गर्यो। त्यसअघि बंगलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको हो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बंगलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलंकाले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो ।
काठमाडौंमा जारी करातेमा नेपालले २ स्वर्ण र एक कास्य पदक जितिसकेको छ यसअघि जितिसकेको छ । त्यस्तै तेक्वान्दोमा १ स्वर्ण र १ रजत पदक जितेको छ । करातेमा मण्डेकाजी श्रेष्ठ र महिला टिम काताले स्वर्ण जितेका हुन् । त्यस्तै चन्चला दनुवारले रजत पदक जितेकी हुन् ।
तेक्वान्दो पुम्सेमा कमलबहादुर श्रेष्ठ र सिना मादेन लिम्बुले स्वर्ण पदक जितेककी हुन् । त्यस्तै १९ देखि २४ वर्ष उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् । पोखरामा सोनी गुरुङले ट्रायथोलनमा स्वर्ण पदक जितिकी छिन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]